• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य


  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
  • विराटनगर । कोशी प्रदेशमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) ले उल्लेखनीय प्रगति हासिल गरेको छ । परियोजनालाई दिगो पर्यटन प्रवद्र्धनमार्फत प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको छ ।

    Advertisement

    पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित परियोजनाको तेस्रो परियोजना निर्देशक समिति बैठक बुधबार सम्पन्न भएको हो ।

    पर्यटन मन्त्री भीम पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्य तामा सम्पन्न बैठकमा नेपालका लागि स्विस राजदूत डा. डानियेल म्युवलीको विशेष उपस्थिति रहेको थियो ।

    नेपाल र स्विट्जरल्यान्ड सरकारबिचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालनमा आएको परियोजना हाल कोशी प्रदेशका ८ जिल्लाका २९ स्थानीय तहमा विस्तार गरिएको छ । हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको परियोजना स्थानीय तहसँगको सहकार्यमा अघि बढिरहेको छ ।

    परियोजनाको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै दिगो पर्यटनमार्फत स्थानीयको आयआर्जन वृद्धि गर्नु रहेको छ । करिब २ अर्ब ४५ करोड रुपैयाँ लागतको यो परियोजना २०८५ साउनसम्म सञ्चालन हुनेछ ।

    परियोजना अन्तर्गत चियाबारी, फाल्गुननन्द, लालीगुराँस र मुन्दुम गरी चार प्रमुख पदमार्ग विकास भइरहेका छन् । करिब ४०० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएकोमा हालसम्म ४५५ किलोमिटर सर्वेक्षण सम्पन्न भइसकेको छ । गत वर्ष २० किलोमिटर निर्माण सम्पन्न भएकोमा यस वर्ष १३२ किलोमिटर निर्माण भइरहेको छ भने आगामी वर्ष २३४ किलोमिटर निर्माण गर्ने योजना अघि सारिएको छ ।

    परियोजनाले हालसम्म ३३ हजार दिन बराबरको रोजगारी सिर्जना गरिसकेको छ भने अन्त्यसम्म एक लाखभन्दा बढी स्थानीय लाभान्वित हुने लक्ष्य राखिएको छ । साथै, सीप विकास तालिममार्फत महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता बढाइएको जनाइएको छ ।

    भौतिक पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धन, बजारीकरण, ब्रान्डिङ तथा नीति सुधारमा पनि परियोजनाले काम गरिरहेको छ । मुन्दुम क्षेत्रमा स्थानीय खानाको अध्ययन, वास्तुकला अभिलेखीकरण तथा टेम्कैमैयुङ गाउँपालिकामा समुदायमा आधारित पर्यटन नीति निर्माणजस्ता पहलहरू अघि बढाइएको छ ।

    बैठकले चालु तथा आगामी आर्थिक वर्षका कार्य योजना पारित गर्दै पर्यटक सुरक्षाका लागि पर्यटक प्रहरी भर्ना गर्ने, पदमार्ग मापदण्ड तयार गर्ने तथा प्रदेशको पर्यटन ब्रान्डिङ सुदृढ गर्ने निर्णय गरेको छ ।

    संघ, प्रदेश र स्थानीय तहको सहकार्य तथा स्विस सरकारको सहयोगमा सञ्चालन भइरहेको यो परियोजना कोशी प्रदेशलाई दिगो, वातावरणमैत्री र सांस्कृतिक रूपमा समृद्ध पर्यटन गन्तव्य बनाउने महत्त्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले परियोजनाले प्रदेशको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

    बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    बागमती सरकारबाट एमालेको समर्थन फिर्ता ६ मन्त्रीले दिए राजीनामा,
    पूर्व महानिर्देशक अधिकारीविरुद्ध १ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.