• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता

नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व

नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ४. यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

  • ५. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ६. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ७. गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • ९. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

  • १०. मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

प्रविधिमैत्री निगरानीले चितवन निकुञ्जको सुरक्षा मजबुत


  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
  • चितवन । गत वैशाखमा चितवन राष्ट्रिय निकुञ्जभित्र दुई व्यक्ति सेनाको जस्तो पोसाकमा हातमा बन्दुक बोकेर हिँडेका गस्ती टोली जस्तै देखिए । उनीहरूलाई निकुञ्जले जङ्गलमा राखेको ‘स्पाइ क्यामेरा’ ले तुरुन्तै सेन्सरमार्फत निकुञ्जको सिस्टममा पठायो ।

    Advertisement

    उनीहरू गस्ती टोली जस्तो देखिने पोसाकमा हिँडेका व्यक्ति थिए, तर गस्तीमा निस्किएको निकुञ्ज वा सुरक्षाकर्मीको टोली भने थिएनन् । नेपाली सेनाको पोसाकमा हिँडेका उनीहरूको क्रियाकलाप शङ्कास्पद लागेपछि निकुञ्जको गस्ती टोलीले तुरुन्तै कदम चाल्यो, तर तत्कालै नियन्त्रणमा लिन भने सकेन । आफूले बोकेको झोला फालेर उनीहरू भागे ।

    स्पाइ क्यामेराले पठाएको तस्बिर र स्थानीय सुराकमार्फत निकुञ्जको टोलीले दुई जनामध्ये अक्कलबहादुर विश्वकर्मालाई पहिले नियन्त्रणमा लिन सफल भयो । पर्सागढी नगरपालिका घर भएका अक्कल बहादुरलाई जेठ महिनामा नियन्त्रणमा लिएपछि उनकै माध्यमबाट मुख्य नाइके हेटौँडा उपमहानगरपालिका-३ घर भएका रामशरण विश्वकर्मालाई गत मङ्सिरमा निकुञ्जले नियन्त्रणमा लियो ।

    उनीहरूको साथबाट हाते बन्दुक, बन्चरो, बन्दुकमा प्रयोग हुने स्टिलको बेरिङ लगायत सामग्री पनि निकुञ्जको टोलीले बरामद गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार निकुञ्जको सबै क्षेत्रमा नियमित गस्ती टोलीले मात्र सुरक्षा दिन सम्भव छैन । त्यसैले ठाउँ-ठाउँमा जडान गरिएका क्यामेराहरूले अहिले गैँडा चोरी–सिकारी नियन्त्रणमा ठूलो सहयोग पुर्‍याइरहेका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा १७ गैँडा र ४ बाघ गरी विभिन्न ५७ जनावरको मृत्यु भएको छ । तर, निकुञ्जमा चोरी-सिकारीबाट ८५२ दिनयता कुनै पनि वन्यजन्तुको मृत्यु नभएको तथ्याङ्क निकुञ्जसँग छ ।

    प्रमुख संरक्षण अधिकृत पन्त भन्नुहुन्छ, “समुदायको सचेतनासँगै हामीले प्रविधिमार्फत पनि निकुञ्जको गस्ती गर्न सहज भएकाले चोरी–सिकारी नियन्त्रणमा सहयोग पुगेको हो ।”

    वैशाखमा निकुञ्ज प्रवेश गरेकामध्ये रामशरण विश्वकर्मा यसअघि दुई पटक गैँडा मार्ने उद्योग र अवैध हातहतियार मुद्दामा सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । निकुञ्ज प्रशासनका अनुसार उनलाई एक पटक ५ र अर्को पटक १५ वर्ष वन्यजन्तु चोरी-सिकारी मुद्दामा जेल सजाय भएको थियो । पछिल्लो पटक सर्वोच्च अदालतबाट कैद कटौती भई १० वर्ष मात्र भुक्तान गरी उनी निस्किएका थिए । उनीहरू दुवै जना अहिले अवैध हातहतियार मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

    चालु आर्थिक वर्षमा गैँडाको अवैध तस्करीको उद्योग (प्रयास) मा संलग्न भएको अभियोगमा निकुञ्जमार्फत जिल्ला अदालत चितवनमा मुद्दा चलेका उनीहरू दुई जना मात्र हुन् । अन्य विभिन्न मुद्दामा गरी १५ जना व्यक्तिविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको छ ।

    प्रमुख संरक्षण अधिकृत डा. पन्तका अनुसार अहिले निकुञ्जका विभिन्न स्थानमा २५ वटा स्पाइ क्यामेरा जडान गरिएको छ । ती क्यामेराले कोही व्यक्ति वरपर देखिएमा ‘रियल टाइम इन्फर्मेसन सिस्टम’ मार्फत जानकारी पठाउँछन्, जसले गर्दा तत्कालै कदम चाल्न निकुञ्जलाई सहयोग पुग्छ ।

    त्यसैगरी वन्यजन्तुको अनुगमनका लागि निकुञ्जले ‘ड्रोन क्यामेरा’ पनि प्रयोग गर्ने गरेको उनले बताए । निकुञ्जले ४ वटा तालिमप्राप्त कुकुर, सीसीटीभी क्यामेराका साथै निकुञ्जभित्र पर्यटक घुमाउन जाने गाडीमा ‘जीपीएस’ जडान गरेर उनीहरूको क्रियाकलापको अनुगमन गर्ने गर्दछ ।

    गत वर्ष मध्यवर्ती क्षेत्रको एक व्यक्तिको खेतमा करेन्ट लागेर गैँडाको मृत्यु भएको थियो । निकुञ्जको तालिमप्राप्त कुकुरको माध्यमबाट करेन्ट ल्याइएको घर पत्ता लगाइएको थियो । ती व्यक्तिलाई पनि जिल्ला अदालत चितवनले पाँच वर्ष कैद सजाय तोकेको प्रमुख संरक्षण अधिकृत डा. पन्तले जानकारी दिए । पछिल्लो समय प्रविधिबाट अनुगमन सहज भएकाले चोरी–सिकारी नियन्त्रण अभियान प्रभावकारी भएको उनको भनाइ छ ।

    आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता
    बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह
    आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व
    नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
    भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला
    ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ४.
      यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

    • ५.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ६.
      इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

    भर्खरै

    • १.
      नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता

    • २.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • ३.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ४.
      आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व

    • ५.
      नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

    • ६.
      भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

    • ७.
      ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

    • ८.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.