काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । अर्का चालक कालुराम राजवंशीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
कालुराम रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक हुनुहुन्छ । लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर हुनु भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुत्नु भएको थियो । सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उहाँहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते हुनु भएको छ ।