चैत्र २,काठमाण्डौ। धादिङ–१ बाट निर्वाचित आशिका तामाङले बेनीघाट–रोराङ गाउँपालिका– ९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन कार्य तत्काल रोक्न निर्देशन दिएकी छन् ।
सांसद तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै कानुनविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेकी छन् । उनले आफू जनताले विश्वास गरेर पठाएको जनप्रतिनिधि भएकाले जनताको हित र प्राकृतिक सम्पदाको संरक्षण आफ्नो प्राथमिक जिम्मेवारी भएको बताएकी छन् ।
उनले दिएको निर्देशनलाई बेवास्ता गर्ने वा हेलचक्र्याइँ गर्ने सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिएकी छन् ।
‘जनताको विश्वासलाई सम्मान गर्दै प्राकृतिक स्रोत–साधनको संरक्षणका लागि म सधैँ प्रतिबद्ध रहनेछु,’ तामाङले लेखेकी छन् ।

