काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिका नेता रमेश प्रसाईले स्वर्णिम वाग्ले अवसर बादी नभई परिवर्तन बादी भएको दावी गर्नु भएको छ । एक कार्यक्रमा बोल्दै प्रसाईले यस्तो दावी गर्नु भएको हो । प्रसाईले उपस्थित जनसमुदायलाई विश्वले चिनेको व्यक्तिलाई तनहुँ वासिले नपत्याउनु पर्ने कुनै कारण छ ? भनेर प्रश्न समेत गर्नु भएको छ । यस्को उत्तर जनताले छैन भनेर दिएका छन् ।
स्वर्णिम वाग्ले बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ बाट उमेद्वार हुनुहुन्छ । उहाँलाई भोट माग्दै प्रसाईले वाग्लेको संसदमा प्रतिनिधित्व आजको आवश्यकता भएको बताउनु भयो । उहाँले सबै तनहुँ बासीले स्वर्णिम वाग्लेलाई भोट हालेर जिताउने विश्वास पनि व्यक्त गर्नु भयो ।
उहाले भन्नु भयो, ‘यदि स्वर्णिम वाग्लेलाई संसदमा पठाउनको लागिकुनै निती निएम मेटाउन परे पनि मेटाउनु पर्छ, हटाउनु परे पनि हटाउनु पर्छ । किनभने स्वर्णिम वाग्लेको संसदमा प्रतिनिधित्व आजको आवश्यकता हो ।’