काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालले अध्यक्षको पदभार सम्हाल्नु भएको छ । २०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बन्नु भएको थियो । विधानअनुसार गत चैत २८-२९ गते सम्पन्न ५७औं वार्षिक साधारणसभापछि उहाा स्वतः अध्यक्ष हुनु भएको हो । अहिलेको साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनु भएका अन्जन श्रेष्ठले दुई वर्षपछि अध्यक्षको कार्यभार सम्हाल्नु हुने छ ।
पदभार ग्रहणपछि अध्यक्ष ढकालले साना व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदाहरण आफू भएको बताउनु भयो । उहााले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने बताउनु भयो।