अप्सरा धमला, काठमाडौँ । धरानलाई लागूऔषधमुक्त शहर बनाउन धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले चलाएको अभियानअन्तर्गत धरानको भानुचोकमा चेतनामूलक प्लेकार्ड लिएर हिजो शुक्रबार प्रदर्शन गरिएको छ । प्रत्येक शुक्रवार मेयर साङपाङले धरानका विभिन्न चोकमा प्लेकार्डसहित चेतनामूलक अभियान सञ्चालन गर्दै आउनु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा पोष्ट राख्दै शुक्रबारलाई सुधारबार भन्ने घोषणा पनि गर्नु भएको छ । उहाँले लेख्नु भएको छ, ‘आज देखि शुक्रबारलाई सुधारबार भन्ने घोषणा गरें । मेरो क्यालेन्डरमा आइन्दा शुक्रबार रहने छैन । सुधारबार रहने छ । लागु औषध विरुद्दको अभियानको हो यो ।’ उहाँले शनिबारलाई श्रमबारको संज्ञा दिनु भएको छ । प्रत्यक शनिबार श्रम गर्ने हर्कले आज पनि श्रमका लागि हिडेको सामाजिक सञ्जनलमा पोष्ट राख्दै जानकारी दिनु भएको हो ।