• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उच्च वृद्धि

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै अखिल (क्रान्तिकारी) को प्रदर्शन

पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ७. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ८. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • ९. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

  • १०. गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

काभ्रे–२ मा बास्कोटालाई चुनौती: रास्वपाका प्रबिनकुमार ढकाल प्रत्यक्ष चुनावी मैदानमा


  •   सोमबार, पुष २८, २०८२ मा प्रकाशित
  • काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक नेता तथा काभ्रे जिल्ला सभापति प्रबिनकुमार ढकालले उम्मेदवारी घोषणा गरेका छन् । उनले नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाविरुद्ध प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गर्दै एकल उम्मेदवारी दर्ता गराएका हुन् ।

    Advertisement

    रास्वपाका शशक्त योद्धाका रूपमा चिनिएका ढकाल पार्टी सभापतिमाथि भएको प्रतिशोधको विरोधमा आयोजित आन्दोलनका क्रममा गम्भीर रूपमा घाइते भएका थिए । उक्त आन्दोलनले देशभर राजनीतिक तरंग सिर्जना गरेको थियो । सो घटनापछि ढकाल पार्टीभित्र मात्र नभई आम नागरिकबीच पनि साहसी, प्रतिबद्ध र भरोसायोग्य नेताका रूपमा परिचित हुँदै आएका छन् ।

    ढकाल रास्वपाका काभ्रे जिल्लाका संस्थापक नेता समेत हुन् । पार्टी स्थापना भएको सुरुवाती दिनदेखि नै सभापति र उपसभापतिको नजिक रहेर संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले गाउँ–गाउँमा रास्वपाको विचार, अभियान र एजेन्डा पुर्‍याउन उल्लेखनीय योगदान दिएका छन् । काभ्रे मात्र नभई देशभर संगठन विस्तार र सुदृढीकरणमा उनी निरन्तर सक्रिय रहँदै आएका छन् ।

    सक्रिय राजनीतिमा आउनुअघि ढकाल २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को चुनावी अभियानमा समेत संलग्न थिए । उनले बालेन शाहलाई विजयी गराउने अभियानमा सक्रिय भूमिका निर्वाह गरेको बताइन्छ, जसले उनको राजनीतिक सक्रियता र परिवर्तनमुखी धारणा झल्काउँछ ।

    व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका ढकाल सफल व्यवसायी तथा कुशल व्यवस्थापकका रूपमा पनि परिचित छन् । उनले राजनीतिलाई पेशा होइन, सेवाको माध्यम ठान्ने स्पष्ट दृष्टिकोण राख्दै आएका छन् । स्पष्ट र खरो वक्ताका रूपमा चिनिने ढकाल भ्रष्टाचारविरुद्धको आवाज, सुशासन र जवाफदेहितालाई आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाउँदै आएका छन् ।

    सामाजिक कार्यमा समेत सक्रिय ढकाल विभिन्न सामाजिक अभियान, सहयोग तथा जनसरोकारका गतिविधिमा निरन्तर संलग्न रहँदै आएका छन् । युवाहरू राजनीतिमा सक्रिय भएर देश परिवर्तनको अभियानमा जुट्नुपर्ने विश्वाससहित उनी राजनीतिमा होमिएको बताउँछन् । उनका अनुसार पुरानो सोच, अभ्यास र जडतालाई तोड्दै नयाँ संस्कार र इमान्दार नेतृत्व स्थापित गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।

    काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा गोकुल बास्कोटाविरुद्ध ढकालको उम्मेदवारीलाई रास्वपाले परिवर्तनको प्रतीकका रूपमा लिएको छ । पार्टीभित्र उनको उम्मेदवारीलाई लिएर उत्साह देखिएको छ भने स्थानीय तहमा पनि नयाँ राजनीतिक विकल्पप्रति चासो बढ्दै गएको देखिन्छ ।

    उम्मेदवारी घोषणा गर्दै ढकालले काभ्रे–२ का जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र पारदर्शिताको स्पष्ट रोडम्याप प्रस्तुत गर्ने बताएका छन् । उनले नागरिकको भरोसा र समर्थनकै आधारमा निर्वाचन जित्ने विश्वास व्यक्त गरेका छन् । आगामी निर्वाचनमा ढकाल र बास्कोटाबीचको प्रत्यक्ष प्रतिस्पर्धालाई काभ्रेको राजनीतिक भविष्यसँग जोडेर हेरिएको छ ।

    सोमबार, पुष २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला
    ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो
    सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती
    जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता
    सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
    नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उच्च वृद्धि

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

    भर्खरै

    • १.
      भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

    • २.
      ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

    • ५.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ६.
      नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उच्च वृद्धि

    • ७.
      बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

    • ८.
      मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै अखिल (क्रान्तिकारी) को प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.