काठमाडौँ । धनगढीमा एक वृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ । उपचारका लागि सेती प्रादेशिक अस्पताल पुग्नु भएका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो।
उहाँ धनगढीको फुलबारीको एच गाउँ निवासी हुनुहुन्छ । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन । थप विवरण आउन बाँकि छ ।