काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबार लगायत क्षेत्रको फोहोर नउठाउनु अराजकता भएको बताउनु भएको छ । काठमाडौंका मेयर बालेन्द्र शाहले आफूलाई सिंहदरबारले असहयोग गरेको भन्दै सिंहदरबार क्षेत्रको फोहोर नउठाउन निर्देशन दिनु भएको थियो । करिब एक सातायता देखि सिंहदरबारको फोहोर उठेको छैन ।
नेता कोइरालाले मेयर बालेनको त्यस्तो कदमलाई अराजकताको संज्ञा दिनु भएको हो । उहाँले जिम्मेवार निकायको यस्तो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताउनु भयो । ‘कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ,’ कोइरालाले सामाजिक सञ्जालमार्फत भन्नु भएको छ ।
उहाँले महानगरले विभिन्न प्रश्न उठाएर फोहोर नउठाउने सर्त राख्दा सिंहदरबारले पनि उसैगरी धम्कीको भाषा प्रयोग गर्नु गलत हुने बताउनु भएको छ । ‘सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिबिम्ब हो। महानगर र सरकार दुवै सच्चिनु पर्छ,’ उहााले भन्नु भएको ।

