×
आइतबार, असार २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

महानगरको बजेट २५ अर्ब ७६ करोड

प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए

‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

प्रतिनिधिसभाको बैठक आज बस्दै

बाढीपहिरो सम्बन्धि गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड !

रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ३. १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

  • ४. रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

  • ५. जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

  • ६. उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

  • ७. रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

  • ८. रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

  • ९. १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

  • १०. कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

अर्थतन्त्र सुधार्न चीनलाई बाँदर बेच्दै श्रीलङ्का


  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । श्रीलङ्काले चीनलाई एक लाख वटा बाँदर निर्यात गर्ने तयारी गरेकाे छ । श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) चीनलाई बेच्ने तयारी गरेकाे विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । याे बाँदरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेकाे छ ।

    Advertisement

    श्रीलङ्काले प्राय सबै प्रकारका जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । पछिल्लाे समय खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले बाँदर बिक्रीबाट अर्थतन्त्रमा केही योगदान पुग्ने आशा लिएकाे छ । बाँदर बिक्रीका लागि चीनबाट आएकाे प्रस्ताव सार्वजनिक गरिए पनि कति मूल्यमा बाँदर बेच्ने भन्नेबारे सार्वजनिक गरिएकाे छैन । श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले चीनमा चिडियाखानामा राख्नका लागि बाँदर लैजाने याेजना रहेकाे जनाउँदै यसबारे अध्ययनका लागि समिति गठन गरेकाे बताउनु भएकाे छ ।

    अमरवीराले एएफपीसँग भन्नुभयो, ‘चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर लैजाने तयारी रहेकाे छ । मैले यसबारे अध्ययन गर्न र हामी यो कसरी गर्न सक्छौँ भनेर हेर्न एक समिति गठन गरेको छु ।’ बाँदरले कृषिबालीलाई क्षति पुर्याउने भएकाले तथा यिनिहरूको सङ्ख्या अत्यधिक भएका कारण श्रीलङ्कामा बाँदरलाई कृषकको शत्रुका रूपमा लिने गरिन्छ ।

    श्रीलङ्काले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जङ्गली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ । श्रीलङ्काको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ले प्रस्तावित बिक्रीको आलोचना गर्दै ४० वर्षभन्दा बढी समयदेखि बाँदर (मकाक) को राष्ट्रव्यापी सर्वेक्षण नभएको र पहिले उचित जनसङ्ख्या अध्ययन गर्नुपर्ने जनाएकाे छ ।

    फाउन्डेसनका जगत गुणवर्धनाले भन्नुहुन्छ, ‘मासु, चिकित्सा अनुसन्धान वा अन्य कुनै उद्देश्यका लागि वा अन्य कुनै कारण चीन किन यति धेरै बाँदर चाहन्छ भन्नेबारे हाम्रो जिज्ञासा छ । श्रीलङ्कामा बाँदर संरक्षित प्रजाति होइन, तर लोपोन्मुख जनावरको अन्तर्राष्ट्रिय सङ्कटापन्न वन्य जन्तुको सूचीमा पर्छ।’ आईयूसीएनको तर्फबाट भने तत्काल कुनै पनि प्रतिक्रिया आएको छैन । श्रीलङ्का सरकारको तथ्याङ्कमा ‘टोक मकाक’को सङ्ख्या २० लाखदेखि ३० लाखको बीचमा रहेकाे अनुमान गरिएको छ ।

    बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महानगरको बजेट २५ अर्ब ७६ करोड
    प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी
    काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए
    ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?
    स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी
    प्रतिनिधिसभाको बैठक आज बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ३.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ४.
      रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

    • ५.
      जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

    • ६.
      उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

    भर्खरै

    • १.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • २.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ३.
      काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए

    • ४.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ५.
      स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

    • ६.
      प्रतिनिधिसभाको बैठक आज बस्दै

    • ७.
      बाढीपहिरो सम्बन्धि गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड !

    • ८.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.