काठमाडौँ । धनुषामा विद्युत् चुहावट गर्ने पाँच जना पक्राउ पर्नु भएको छ । इलाका प्रहरी कार्यालय र विद्युत् वितरण शाखा कार्यालय यदुकुवाबाट खटेको संयुक्त टोलीले पाँच जनालाई पक्राउ गरेको हो । उहाँहरूलाई आज बिहान करिब ५:४० बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी र विद्युत् वितरण शाखाका टोलीले हंसपुर नगरपालिका र जनकनन्दनी गाउँपालिका अन्तर्गतका मानिसहरूलाई विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका व्यक्तिहरु थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहनु भएको छ ।