×
आइतबार, असार २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

महानगरको बजेट २५ अर्ब ७६ करोड

प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए

‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

प्रतिनिधिसभाको बैठक आज बस्दै

बाढीपहिरो सम्बन्धि गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड !

रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ३. १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

  • ४. रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

  • ५. जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

  • ६. उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

  • ७. रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

  • ८. १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

  • ९. रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

  • १०. कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

३० प्रतिशतले घट्यो निर्यात


  •   मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.१ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२.९ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारततर्फ ३७.५ प्रतिशत र चीनतर्फ ४.९ प्रतिशतले निर्यातमा कमी आएको छ । अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले वृद्धि भएको छ ।

    Advertisement

    वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चियालगायत वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा निर्यातसँगै विदेशी वस्तुको आयातमा समेत कमी आएको छ । गत आवको तुलनामा आयात १९.१ प्रतिशतले घटेर १० खर्ब ५८ अर्ब ३९ करोडमा सीमित भएको छ । सोही अवधिमा भारतमा १७.६ प्रतिशत र चीनमा २१.७ प्रतिशतले आयातमा कमी आएको हो । यस्तै, अन्य मुलुकबाट हुने आयातमा समेत २१.४ प्रतिशतले कमी आएको छ ।

    वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पञ्ज आइरन, सुन, अन्य स्टेशनरी सामानलगायत वस्तुको आयात बढ्दा सवारी साधन तथा स्पेयर पार्टस्, औषधि, एमएस विलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायत वस्तुको आयात घटेको हो । निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ भने आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट कमी आएको उल्लेख छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले कमी आई ९ खर्ब ५३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४.५ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ८५ अर्ब १२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ४७ अर्ब ३ करोड बराबरको भएको थियो ।

    मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महानगरको बजेट २५ अर्ब ७६ करोड
    प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी
    काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए
    ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?
    स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी
    प्रतिनिधिसभाको बैठक आज बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ३.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ४.
      रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

    • ५.
      जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

    • ६.
      उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

    भर्खरै

    • १.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    • २.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ३.
      काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम बालेनले सुनाए

    • ४.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ५.
      स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

    • ६.
      प्रतिनिधिसभाको बैठक आज बस्दै

    • ७.
      बाढीपहिरो सम्बन्धि गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड !

    • ८.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.