काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । वैवाहिक बलात्कार आरोपमा उहाँलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पत्नी आरती गिरी रावलले उहाँ विरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिनु भएको थियो ।
गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तु पठाइने भएको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा नै कार्यरत हुनुहुन्थ्यो ।