काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक संघको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा मंगलबार काठमाडौँमा उद्घाटन गर्दै उहााले पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी संघसँगै शिक्षकहरूको पनि महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नु भयो । सभापति देउवाले कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेको समेत बताउनु भयो ।
‘पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, कांग्रेसलाई मजबुद बनाउनुपर्छ’, सभापति देउवाले भन्नु भयो । उहाँले कांग्रेसलाई बहुमत ल्याउने गरी सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नु भयो ।