• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा


  •   मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
  • सुर्खेत । नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य पदको निर्वाचन केन्द्रित उम्मेदवार चयनका लागि आइतबारसम्मको समयसीमा तोकेको थियो । मंसिर २६ गतेसम्म जिल्लाबाट प्रदेश कमिटीमा र २८ गतेसम्म प्रदेशले उम्मेदवारहरूको नाम केन्द्रमा पठाइसक्ने परिपत्र थियो ।

    Advertisement

    कर्णालीमा भने पार्टीभित्रको गुटगत राजनीतिका कारण उम्मेदवारको सिफारिसमा जताततै विवाद देखिएको छ । कतै केन्द्रको निर्देशन विपरीत प्रदेश सांसदलाई उम्मेदवारमा सिफारिस गरिएको छ भने कतै एकलौटी निर्णय गरिएको गुनासो छ ।

    केन्द्रमा संस्थापन (शेरबहादुर देउवा) र इतर पक्ष (शेखर–गगन) भनेजस्तै कर्णालीमा संस्थापनको नेतृत्व पार्टीका वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्छन् भने इतर पक्षको नेतृत्व हृदयराम थानी, भूपेन्द्रजंग शाहीहरूले गर्दै आएका छन् । उम्मेदवार छनोटमा अहिले यी गुटहरूबिच निकै रस्साकस्सी चल्यो

    भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि अहिले हरेक राजनीतिक दलहरूमा युवाहरू अगाडि आउनुपर्ने आवाज उठिरहेको छ, तर कर्णालीमा कांग्रेस उम्मेदवार बन्ने लहरमा अधिकांश पुरानै, पटक–पटक सांसद भइसकेका र ‘फेलियर’ नेताहरूकै दबदबा देखिएको छ । यसअघि कर्णालीबाट प्रतिनिधि सभा सदस्य रहेका अधिकांश कांग्रेस नेताहरूको नाम पुनः सिफारिसमा परेको छ ।

    १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई–दुई वटा निर्वाचन क्षेत्र छन् । नेताहरूका अनुसार, सुर्खेत–१ र डोल्पा बाहेक अन्य निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस विवादमुक्त छैन । जसका कारण एउटै निर्वाचन क्षेत्रको उम्मेदवारमा थुप्रै नेताको नाम सिफारिस भएका छन् । डोल्पामा प्रत्यक्षतर्फ कर्णबहादुर बुढा (अहिले दुवै पक्षको नजिक) को नाम एकल सिफारिस गरिएको छ ।

    यस्तै, सुर्खेत–१ मा कार्यवाहक सभापति पुर्णबहादुर खड्काको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ । उक्त क्षेत्रमा खड्काको नाममा सर्वसम्मत जुटेकाले एकल नाम सिफारिस गरिएको कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी बताउँछन् । तर, सुर्खेतकै क्षेत्र नम्बर २ बाट भने ६ जनाको नाम सिफारिस भएको छ, जसमा निवर्तमान सांसद एवं कर्णालीको इतर पक्षका नेतृत्वकर्ता हृदयराम थानीसहित उपेन्द्रबहादुर थापा, कमल खत्री, नारायण कोइराला, भीष्म हमाल र बसन्ती बस्नेतको नाम सिफारिस भएको छ ।

    यी ६ मध्ये खत्रीबाहेक सबै इतर पक्षकै हुन् । नेता थानीले आफ्नै निर्वाचन क्षेत्रमै एकल उम्मेदवार बनाएर सिफारिस गर्न सकेनन् । ‘सम्भावित भनेका थानी र युवा नेता कोइराला हुन्,’ एक नेताले भने, ‘अरुले यसो चर्चाका लागि नाम हालेका हुन् ।’।

    मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप
    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.