काठमाडौँ । महिलामाथि बलात्कार गरेको आरोपमा झापा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका ११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति पक्राउ गरेको हो ।
भुजेलले ती महिलालाई कनकाई नगरपालिका ४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।