• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, मङि्सर २५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

भिजिट भिसा काण्ड भड्कियो: सहसचिव भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

“नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

  • ७. पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  • ८. मधेशका नवनिर्वाचित मुख्यमन्त्री यादवको शपथ ग्रहण सम्पन्न

  • ९. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

“फोहोरमै रूपान्तरण: गोदावरी नगरपालिका देशकै नमुना, स्थानीयको जीवनशैलीमा नयाँ चमक”


  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
  • २३ मंसिर, अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशस्थित कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजार क्षेत्र र आसपासका गाउँमा कुनै समय फोहोरको थुप्रो हुन्थ्यो । घर, होटल, विद्यालय, हाट–बजारबाट निस्केका फोहोर जंगल, खोला, खोल्सा र चौरमा समेत जथाभावी फ्याँकेर प्रदूषित र दुर्गन्धित हुन्थ्यो ।

    Advertisement

    तर, अहिले गोदावरी नगरपालिकामा सरसफाइको नयाँ अध्याय सुरु भएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि स्थानीयको जीवनशैली नै बदलिएको छ ।

    गत साउनदेखि एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि त्यहाँका स्थानीयलाई अब फोहोरमैला कहाँ फाल्ने भन्ने चिन्ताले सताउन छाडेको छ ।

    यो परियोजना केवल फोहोर व्यवस्थापनमा सीमित नभएर आर्थिक आत्मनिर्भरता र वातावरणीय सन्तुलनको अनुपम उदाहरण बनेको स्थानीय बताउँछन् ।

    गोदावरी नगरपालिका–३ अत्तरिया बजारस्थित बसपार्क क्षेत्रमा लामो समयदेखि फलफूल पसल गर्दै आएकी शान्तादेवी बुढालाई पसलबाट निस्केको फोहोरमैला कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले दैनिक पिरोल्थ्यो । घरबाट निस्केको फोहोर पनि बारीतिर फाल्ने गरेकी थिइन् उनले ।

    पाँच महिनाअघि शान्ताले प्लास्टिक, कार्टुन, फलफूलका बोक्रा लगायत फोहोर बजार नजिकैको जंगलमा एकमुष्ट फाल्थिन् । तर, चौकीडाँडामा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि उनलाई अब फोहोर व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने विषयमा सोच्नै पर्दैन ।‘पहिले जताततै फोहोरको थुप्रो देखिन्थ्यो, दुर्गन्धले व्यापारमै असर पर्थ्यो,’ उनी विगत सम्झिन्छिन्, ‘अहिले नगरपालिकाले घर, टोल र बजारैपिच्छे फोहोर उठाउन थालेपछि सबैतिर सफा भएको छ ।’

    शान्ता नगरपालिकाको यस पहललाई खुलेर प्रशंसा गर्दै फोहोर व्यवस्थापन शुल्कबापत ‘सय–दुई सय रुपैयाँ दिन पनि कुनै गाह्रो नभएको’ बताउँछिन् ।

    गोदावरी नगरपालिकाका अर्का स्थानीय अर्जुन धामी पनि विगतमा जहाँतहीँ फोहोर फाल्ने बानी रहेको स्वीकार्छन् । ‘अहिले गाउँ–गाउँमा गाडीले फोहोर उठाउन थालेपछि जहाँतहीँ फोहोर फाल्ने बानी सुधार भएको छ,’ उनी भन्छन्, ‘ठाउँ–ठाउँमा गरिएको डस्टबिनको व्यवस्थाले पनि हामीलाई फोहोर व्यवस्थापनमा धेरै सहज भएको छ ।’

    फोहोर फाल्नकै लागि भनेर टाढा–टाढासम्म पुगेर फर्किनुपर्ने बाध्यता अन्त्य भएको र समय पनि बचत भएको भन्दै उनले खुसी व्यक्त गरे ।

    मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भिजिट भिसा काण्ड भड्कियो: सहसचिव भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा
    रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो
    बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ
    जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि
    डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ
    कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

    Facebook Page

    लोकप्रिय

    • १.
      सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

    भर्खरै

    • १.
      भिजिट भिसा काण्ड भड्कियो: सहसचिव भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

    • ६.
      कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

    • ७.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ८.
      मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.