काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज पत्रकार सम्मेलन आयोजना गर्नु भउको छ । गभर्नर अधिकारीले देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।
पत्रकार सम्मेलन मार्फत अधिकारीले बैंक तथा लघुवित्त संस्थाप्रति सर्वसाधारणको आक्रोश, बैंकहरूको उच्च ब्याजदर र अर्थतन्त्रमा समस्या गहिरिँदै गएको, आर्थिक वृद्धिदर घटेको, आयात बढेको तर निर्यात घटेको, राजश्व कम उठेको आदि विषयमा स्पष्ट पार्ने बताइएको छ । केही दिनयता आर्थिक स्थितिलाई लिएर प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नर छलफलमा हुनुहुन्छ ।