काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने सम्बन्धनप्राप्त क्याम्पसलाई खारेजी गर्ने चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले सम्बन्धनप्राप्त क्याम्पसहरुलाई ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै उक्त चेतावनी दिएको हो । व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्राज्ञिक नियन्त्रणमा रही सम्बन्धन नवीकरण भएका त्रिविको वेबसाइटमा उल्लेखित क्याम्पस तथा कलेजहरूको विवरण प्रकाशित गरेको छ ।
कतिपय क्याम्पसले हालसम्म पनि नवीकरण नगरेको पाइएकोले ती कलेजहरूलाई त्रिवि नियमानुसार किन खारेजी नगर्ने ? सो सम्बन्धमा कुनै मनासिव कारण भए २०८० वैशाख मसान्तसम्म सम्बन्धित डीन कार्यालयहरूमा निवेदन दिन भनिएको छ । नवीकरण भएका क्याम्पस तथा कलेजहरूले नवीकरणपत्र लिएको युजरनेम र पासवर्ड प्रयोग गरी त्रिवि विनियोजन शाखा चल्ती खातामा २ हजार बुझाएर अनलाइन रसिद लिन समेत अनुरोध गरिएको छ।