• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

  • ४. राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

  • ५. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ६. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ७. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ८. शथपलगत्तै कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

  • ९. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • १०. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

४० अर्ब तान्दै राष्ट्र बैंक


  •   आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
  • काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा थुप्रिँदै गएको अतिरिक्त तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन प्रक्रिया शुरु गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर १४ गतेदेखि लागू हुने गरी ३५ दिन अवधिको निक्षेप संकलन आह्वान गरेको हो। बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह २ बजेसम्म अनलाइनमार्फत बोलकबोल (बिडिङ) पेस गर्न सक्ने व्यवस्था गरिएको छ।

    Advertisement

    राष्ट्र बैंकका अनुसार संकलन गरिने निक्षेपको ब्याजदर पूर्ण रूपमा बोलकबोलमै निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले राख्न चाहेको निक्षेप रकम तथा ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ। प्रस्ताव स्वीकृत भएका संस्थाले राखेको रकमको साँवा तथा ब्याज पुस २० गते भुक्तानी गरिनेछ।

    बोलकबोल प्रणालीलाई व्यवस्थित बनाउन राष्ट्र बैंकले केही प्रावधान तोकेको छ। सहभागी संस्थाले घटिमा १० करोड रुपैयाँ राख्नुपर्नेछ भने बढिमा कुल आह्वान गरिएको रकमलाई ५ करोडले भाग गर्दा बाँकी नआने गरी प्रस्ताव पेस गर्नुपर्नेछ। यसले संस्थाहरूबीच प्रतिस्पर्धा बढाउने तथा निक्षेप संकलन प्रक्रियालाई पारदर्शी बनाउने उद्देश्य राखिएको छ। साथै, आवश्यक परे बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने सुविधा पनि उपलब्ध छ, जसले बैंक तथा वित्तीय संस्थालाई लचिलो विकल्प प्रदान गर्छ।

    निक्षेप संकलनको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ। त्यसपछि क्रमशः बढी ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूसँग सम्झौता गरिँदै आह्वान गरिएको कुल ४० अर्ब रुपैयाँ पूरा नहुन्जेल बाँडफाँड गरिनेछ। यसले बजार ब्याजदरलाई नियन्त्रणमा राख्ने र बैंकिङ्ग प्रणालीमा देखिएको अतिरिक्त तरलतालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने राष्ट्र बैंकको रणनीति झल्काउँछ।

    हाल बैंकिङ्ग प्रणालीमा धेरै समयदेखि अतिरिक्त तरलता थुप्रिनु, कर्जा प्रवाह सुस्त हुनु र लगानी विस्तारमा चुनौती देखिनु जस्ता कारणले वित्तीय बजारमा असर परिरहेको छ। यस्तो परिस्थितिमा राष्ट्र बैंकको यो कदमले मौद्रिक नीति कार्यान्वयनमा सहयोग गर्ने, ब्याजदरमा स्थिरता ल्याउने र वित्तीय प्रणालीको समग्र स्थायित्व मजबुत गर्ने अपेक्षा गरिएको छ।

    आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग
    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    माधव नेपालमाथि अर्को भ्रष्टाचार मुद्दा, पतञ्जली प्रकरण पनि विचाराधीन
    गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश
    हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा
    भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

    • ४.
      राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

    • ५.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ६.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    भर्खरै

    • १.
      विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

    • २.
      वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

    • ३.
      राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

    • ४.
      अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

    • ५.
      कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

    • ६.
      क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

    • ७.
      प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    • ८.
      अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.