• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, मङि्सर ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

२१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः

चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव

भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गयो

दल दर्ताको तयारीमा जुट्यो एमाले !

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

अनिता कुमारी घिमिरेको अध्यक्षतामा काठमाडौँ उपत्यका राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको समिति गठन,

लोकप्रिय समाचार

  • १. एमालेले प्रतिनिधिसभा सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने !

  • २. ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्तिको माग

  • ३. एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

  • ४. यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

  • ५. श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

  • ६. सरकारी वकिल कार्यालयको दबाबपछि भट्टचन छुटे

  • ७. स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्

  • ८. रास्वपाको केन्द्रीय समिति बैठक बस्दै !

  • ९. जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

  • १०. दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ

सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी


  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा प्रवेशसँगै म्याच ‘फिक्सिङ’को गतिविधि खुलेआम हुन थालेको संकेतहरू देखिन थालेका छन्। देशकै सबैभन्दा ठूलो भनिने यस क्रिकेट लिगमा मुख्य प्रायोजकका रूपमा पाँच वर्षका लागि करिब २० करोड रुपैयाँ खर्च गर्ने सम्झौता गरेको सिद्धार्थ बैंकको ब्रान्ड नै अहिले सटेबाजीको छायाँमा पर्ने जोखिम बढेको छ।

    Advertisement

    एनपीएलको पहिलो सिजन पूर्वाधारका चुनौतीबीच सम्पन्न भए पनि यसपटक आधुनिक रंगशालामा भव्य रूपमा खेल हुँदैछ। तर, भारतबाट आउने सट्टेबाजको सक्रियताले लिगको विश्वसनीयता चुनौतीमा परेको छ। खेलाडीलाई ‘रनआउट’ गरिदिने लगायत विभिन्न गतिविधिका लागि १ करोड रुपैयाँसम्म प्रस्ताव गरिएको अपुष्ट सूचना प्रहरीले प्राप्त गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आर्चायका अनुसार अहिलेसम्म कम्तीमा ९–१० जनालाई नियन्त्रणमा लिइएको छ। हरियाणाका दिलप्रित सिंह र भारतको चण्डिगढ बस्ने रेविका सिंह ठकुरीलाई लजिम्पाटबाट पक्राउ गरिएको थियो। उनीहरूले सामाजिक सञ्जालमार्फत खेलाडीलाई सम्पर्क गरी खेलमा प्रभाव पार्ने प्रयास गरेको अनुसन्धानले देखाएको छ। आइतबार मात्रै प्रहरीले आठ जना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ, जो सबै एनपीएलमा सट्टेबाजीका प्रस्ताव ल्याएर आएको आशंका छ।

    सट्टेबाजी बढ्दो गतिविधिले मुख्य प्रायोजक सिद्धार्थ बैंक चिन्तित बनेको छ। बैंकले प्रतिवर्ष कम्तीमा ४ करोड रुपैयाँ प्रायोजन खर्च गर्दै आएको छ, तर खेलको विश्वसनीयता जोखिममा पर्दा ब्रान्ड इमेजमै असर पर्ने बैंकका अधिकारीहरूको आन्तरिक छलफल सुरु भएको बताइन्छ।

    नेपालमा खेलकुदसँग जोडिएका यस्ता घटना नयाँ भने होइनन्। क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम (आदिल अन्सारी) र नितेश गुप्ता म्याच फिक्सिङमा संलग्न रहेको आरोपमा सीआईबीले पहिले नै पक्राउ गरिसकेको थियो। २०७९ पुसमा टी–२० लिगमा समेत खेलाडीहरूलाई प्रति खेल ६–८ लाख रुपैयाँसम्म लोभ देखाइएका थिए। यसअघि २०७२ सालमा राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापासहित पाँचजनालाई समेत फिक्सिङ आरोपमा पक्राउ गरिएको थियो।

    राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार म्याच फिक्सिङमा संलग्न प्रमाणित भएमा दोषीलाई जेल सजाय, जरिवाना र खेल गतिविधिमा प्रतिबन्ध लगाइने प्रावधान छ। कानुनी तथा खेलकुद निकायबाट निर्दोष प्रमाणित नभएसम्म खेलाडीले पुनः मैदानमा फर्कन नपाउने व्यवस्था छ।

    एनपीएल भव्य रूपमा सञ्चालन भइरहेको बेला सट्टेबाजीको बढ्दो प्रभावले सम्पूर्ण खेलकुद क्षेत्रकै विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाइदिएको छ। खेलाडी, प्रायोजक र आयोजक सबैका लागि यस घटनाले सतर्कता बढाउनुपर्ने दबाब सिर्जना गरेको छ।

    सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की
    उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः
    दल दर्ताको तयारीमा जुट्यो एमाले !
    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग
    जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान
    महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमालेले प्रतिनिधिसभा सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने !

    • २.
      ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्तिको माग

    • ३.
      एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

    • ४.
      यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

    • ५.
      श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

    • ६.
      सरकारी वकिल कार्यालयको दबाबपछि भट्टचन छुटे

    भर्खरै

    • १.
      सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

    • २.
      २१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    • ३.
      उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः

    • ४.
      चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव

    • ५.
      भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गयो

    • ६.
      दल दर्ताको तयारीमा जुट्यो एमाले !

    • ७.
      प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

    • ८.
      जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.