• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

रास्वपाले हतार हतारमा बैठक बोलायो

रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

लोकप्रिय समाचार

  • १. विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

  • २. रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

  • ३. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

  • ४. जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

  • ५. विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

  • ६. आज सुनचाँदीको मूल्य घट्यो

  • ७. ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

  • ८. केपी ओलीको स्थान हद फुकुवा

  • ९. सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

  • १०. रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला


  •   मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसका सांसदहरू संसद पुनर्स्थापनाको पक्ष र विपक्षमा विभाजित हुन थालेका छन् । सांसदहरू दुई धारमा देखिएपछि कांग्रेसभित्र थप विवाद बढेको छ । विशेष महाधिवेशन कि नियमति महाधिवेशनमा सहमति नजुटेको बेलामा अचानक संसद पुनर्स्थापनाको मुद्दाले प्रवेश पाएको छ । त्यसमा मुख्य सचेतक नै सक्रिय भएपछि नेताहरूबीच एकअर्काप्रति आशंका पैदा भएको छ ।

    Advertisement

    नेकपा (एमाले)को एजेन्डामा सहमति हुने गरी हस्ताक्षर अभियान चलेपछि कांग्रेस सांसद मात्र होइन, नेताहरूमा पनि खैलाबैला भइरहेको छ ।

    संसद पुनर्स्थापनाका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएका थिए । एमालेले विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकसमेत बोलाएको छ ।

    त्यही मेसोमा कांग्रेसभित्र हस्ताक्षर अभियान चलेको हो । त्यसले थप आशंका पैदा गरेको कांग्रेस नेताहरूले बताएका छन् । संसद पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान चलाउन कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे नै अग्रसर भएपछि झन खैलाबैला बढेको हो ।

    कांग्रेसमा २८ असोजबाट केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठकले नियमित वा विशेष महाधिवेशन भन्ने नै टुंगो लगाउन सकेको छैन । २१ फागुनको चुनावमा सहभागी हुने वा नहुने भन्नेमा पनि दुईथरि मत देखिएको छ । केही नेताहरूले चुनावको मिति सार्नुपर्ने तर्क पनि गरेका छन् । अर्थात्, एकमत भएर कांग्रेस चुनावमा जाने भनेर भन्न सकिरहेको छैन । यही बेलामा कांग्रेसका सांसदहरू नै संसद पुनर्स्थापनाका लागि हस्ताक्षर गर्न थालेका हुन् । त्यो पनि एमाले सांसदहरूको अभियानकै बेलामा त्यसो गरिएको थियो ।

    तर, कांग्रेसका सांसदहरूको उक्त हस्ताक्षर अभियानमा कार्यवाहक सभापति पूर्णबहादुर थापा, महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला कसैलाई पत्तो थिएन । उनीहरूमध्ये कसैले अभियान चलाउन संकेत वा सन्देश दिएका पनि थिएनन् । त्यसो भए, कसको सन्देशमा हस्तक्षर अभियान सुरु भयो ? अहिले कांग्रेसभित्र निकै चासोको विषय बनेको छ । यही प्रकरणले खड्का र कोइरालाले एकअर्कालाई शकांको दृष्टिकोणले पनि हेर्न थालेका थिए । खड्कालाई कोइरालाले अभियान चलाएका हुन् भन्ने शंका थियो भने कोइरालालाई खड्काले भनेका हुन् । तर, दुवैलाई उक्त कुरा पत्तो थिएन । महामन्त्री थापा भने पहिलादेखि नै चुनावको पक्षमा भएकोले हस्ताक्षर अभियान चलाउन सन्देश दिने पक्षमा थिएनन् ।

    कांग्रेस स्रोतका अनुसार अहिलेको हस्ताक्षर अभियान सिंगापुरबाट नेतृ डा. आरजु राणा देउवाको संकेतमा सुरु भएको हो । सभापति शेरबहादुर देउवापत्नी राणाले मुख्य सचेतक घिमिरेमार्फत अभियान चलाइएको हो ।

    कांग्रेस नेताहरूको दाबीमा राणाको सन्देशमा सभापति देउवा स्वयम् संलग्न देखिएका छैनन् । शिलापात्रसँगको कुराकानीमा स्रोतले भन्यो, ‘सभापति देउवाले नै भनेको हो भने कार्यवाहक सभापतिमार्फत आउनुपर्ने थियो, आरजु राणानिकट श्याम घिमिरेबाट आएकोले त्यो आरजुको एक्लो निर्देशन हुन सक्ने सम्भावना देखिएको छ ।’

    अभियानमा आशंका भएपछि खड्का र कोइरालाबीच भेट भएको थियो । खड्का र कोइराला दुवैले अभियान चलाएको होइन भन्ने भएपछि खड्काले मुख्य सचेतक घिमिरेलाई रोक्न निर्देशन दिएका थिए । घिमिरेले सार्वजनिक रुपमा कार्यवाहक सभापति रिसाएको टिप्पणी पनि गरेका छन् ।

    घिमिरेसँगै चन्द्र भण्डारी पनि हस्ताक्षर अभियानमा सक्रिय देखिएका थिए । भण्डारी छोटो समयका लागि संसद पुनर्स्थापना गर्ने, तर प्रधानमन्त्री नफेर्ने योजनामा देखिएका छन् ।

    कांग्रेस स्रोतका अनुसार ३२ जना सांसदले हस्ताक्षर गरेका थिए ।

    मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी
    रास्वपाले हतार हतारमा बैठक बोलायो
    रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो
    विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !
    ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा
    गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

    Facebook Page

    लोकप्रिय

    • १.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • २.
      रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

    • ३.
      पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

    • ४.
      जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

    • ५.
      विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

    • ६.
      आज सुनचाँदीको मूल्य घट्यो

    भर्खरै

    • १.
      कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

    • २.
      रास्वपाले हतार हतारमा बैठक बोलायो

    • ३.
      रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

    • ४.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • ५.
      ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

    • ६.
      गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

    • ७.
      विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

    • ८.
      सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.