काठमाडौं । तिब्बती धर्मगुरू दलाई लामाले एक बालकलाई चुम्बन गरेको सामग्री सार्वजनिक भएपछि चौतर्फी आलोचना भएका कारण लामाले सार्वजनिक माफी माग्नु भएको छ । उक्त घटनाप्रति दुख व्यक्त गर्दै दलाई लामाद्वारा जारी वक्तव्यमा उल्लेख छ, ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु ।’
भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका धर्मगुरू दलाई लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृश्यले केही समय देखि सामाजिक सञ्जालमा चर्चा पाउको थियो । उक्त भिडियोको चौतर्फी आलोचना भएपछि उहाँले सोमबार आज विज्ञप्ति जारी गरेर सार्वजनिक माफी माग्नु भएको हो । विज्ञप्तिमा दलाई लामाले अधिकांश मानिससँग यसरी नै निर्दोष तरिकाले जिस्किने गरेको उल्लेख छ ।