अप्सरा धमला, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति तथा पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले अब नेपालमा परिवर्तनको ऐतिहासिक युग सुरु भएको दावी गर्नु भएको छ । उहाँले चितवनले सुरु गरेको यो क्रान्तिमा हातमा फुल र ओठमा मुस्कान लिएको क्रान्ति हुने र सो क्रान्ति संसारकै नौलो र अनौठो हुने बताउनु भयो । चितवनमा भएको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नु भयो , “हामी भन्न सक्ने छौँ देश विदेशमा रहेका नयाँ पुस्तालाई हेर अब नेपालमा परिवर्तनको युग सुरु भयो त्यो युग चितवनले सुरु गर्यो एउटा ऐतिहासिक युग सुरु गर्यो चितवनले जहाँ हातमा फुल र ओठमा मुस्कान लिएर क्रान्ति हुन्छ,त्यो क्रान्ति संसारकै नौलो र अनौठो क्रान्ति हुन्छ । ”
युगौ युग पर्खिए पछि बल्ल आँट गरेर उहाँहरु जस्तो मान्छे आउने आट गर्नु भएको लामिछानेले बताउनु भएको छ । आफु कोही सँग नडराएको र अन्य दलले उर्दि लगाएर रोकेर पनि नरोकिने उहाँले बताउनु भयो । परिवर्तनको चाहानालाई जोडदार रुपमा घण्टी बजाएर आगाडी सारिसकेको र त्यसमा चितवन बासिले साथ दिन आग्रह पनि गर्नु भएको छ । उहाँले अहिले चितवन क्षेत्र न २ बाट उमेद्वारी दिनु भएको छ ।