• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि बढ्यो चासो


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको निर्णयसँगै ओझेलमा परेका केही सूचीकृति नेपाली एपहरुले भने चर्चा बटुलिरहेका छन् ।

    Advertisement

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकृत नभएका संजाल निस्क्रिय भएपनि सूचिकृत भएका केही संजालले भने चर्चा पाउन थालेका हुन् । मन्त्रालयका अनुसार टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ले सामाजिक सञ्जाल र सामाजिक सञ्जालका प्लेटफर्मभित्र परिभाषित गरिएको वीटकले आफ्ना प्रयोगकर्ताको संख्या बढेको दाबी गरेको छ ।

    वीटकका सञ्चालक क्षितिज दाहालका अनुसार अन्य सामाजिक सञ्जाल बन्द भएसँगै वीटक प्रयोगकर्ताको फ्लो बढेको हो । उनले कानुनी दायरामा गएको पछिल्लो एक दिनमै एक हजार बढी प्रयोगकर्ता थपिदै गएको दाबी गरे । उनले भने,‘अन्य सूचिकृत नभएका सामाजिक सञ्जाल बन्द भएपनि वीटक प्रयोगकर्ताहरूको फ्लो राम्रो छ । दैनिक एक हजार जति भ्यूअर्स बढिरहेको छ । अझ बढ्ने क्रम जारी छ । वीटकका बारेमा हामीले अझै धेरै बुझाउनुपर्ने छ । किनभने ठूला–ठूला ग्लोबल प्लेटफर्मका माझ हामीले आफ्नो पहिचान स्थापित गर्नुपर्ने बाध्यता छ ।

    टिकटकमा पनि त भिडिओ सेटिङ छ किन वीटक भन्ने प्रश्न उठ्नसक्छ । तर वीटकको महत्व र यसभित्रका फिचरहरुबारे हामीले बुझाउनुपर्ने अवस्था छ । त्यसका लागि हाम्रो टिम सक्रिय भएर अगाडि बढेको छ । तीन दिनयता फ्लो बढेको छ ।’ उनको अनुसार सिर्जनात्मकतालाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको वीटकमा लाइभ स्ट्रिमिङको समेत व्यवस्था छ । जसले प्रतिभालाई समूदायमा जोड्नको लागि वीटकले इभेन्ट म्यानेजमेन्टका रुपमा पनि काम गर्छ ।

    उनले भने,‘वीटकमा गर्ने भनेको सिर्जनात्मकता हो । जसको प्रतिभा छ, ती प्रतिभालाई समुदायमै जोडेर, समुदायमाझमै इभेन्टहरू स्थापित भएको हो । वीटकले इभेन्ट म्यानेजमेन्टमा पनि काम गर्ने भएकाले भर्चुअली कसैको प्रतिभाहरूलाई आफ्नो प्लेटफर्मबाट लाइभ गरेर अथवा कम्पिटिसन गराएर पनि उतार्न सकिन्छ । टिकटकको मोनिटाइजेसन जस्तो र गिफ्टहरूका स्कीममा पनि काम गरिरहेका छौं । लोकल प्रतिभाहरुलाई लाइभ स्ट्रिमिङमा जोडेर समूदायसम्म पुर्याउने काम गरिरहेका छौं ।’ वीटक ई–कमर्स मार्केट प्लेस पनि भएको बताउँदै सञ्चालक दाहालले वीकटकलाई व्यापार, व्यवसाय अनि

    प्रतिभाको संगम नाम दिएका छन् । सबै कानुनी मापदण्डहरु पूरा गरेर वीटक सञ्चालन भएको हुँदा सुरक्षित रहेको उनको दाबी छ । एआई टेक्नोलोजी प्रयोग गरिएकाले यौन संवेदनशील चिजहरू, कम्युनिटी गाइडलाइन्सका कुराहरूलाई फिल्टर गरिने उनले बताए । उनले भने,‘वीटक लगभग सुरक्षित नै छ । मापदण्डहरू पूरा गरेका छौँ । एआई टेक्नोलोजी पनि युज गरेको छौँ । जसका कारण यौन संवेदनशील कुराहरु, कम्युनिटी गाइडलाइन्सका कुराहरूलाई फिल्टर गरेका छौं ।’

    नयाँ आएका नेपाली एपहरु पनि कन्टेन्ट र क्वान्टिटीमा मात्र सिमित भइ क्वालिटीमा जान नसक्दा ओझेलमा परिरहेको उनको भनाई छ । तर वीटकले क्वालिटीमा ध्यान दिएको उनको दाबी छ । उनले नेपाल सरकार, कन्टेन्ट क्रिएटरदेखि सबैजना मिलेर कन्टेन्ट क्रिएटरको इकोनोमीमा काम गर्नसके विदेशी एपहरुमा निर्भर हुनुपर्ने बाध्यता हट्ने धारणा राखे । फेसबुक–टिकटकजस्ता सामाजिक सञ्जालबाट कन्टेन्ट क्रिएटरले कमाउँदै गर्दा उसले त्योभन्दा धेरै कमाएर त बाहिरै लगेको छ भन्ने कुरा बुझ्न आवश्यक रहेको उनी बताउँछन् । देशकै आर्थिक विकासमा काम गर्नको लागि सरकारले आफ्नो एप नै प्रबद्र्धन गर्नुको अर्को विकल्प नभएको उनको तर्क छ ।

    उनले सबै सम्बन्धित निकायहरुको सहकार्यमा कन्टेन्ट क्रिएटरको इकोनोमी निर्माण गर्न सकिने बताउँदै उनले कन्टेन्ट क्रिएटरलाई सूचीकृत गरेर विभिन्न मार्केटिङ प्रमोशनमा प्रयोग गर्नुपर्नेमा जोड दिए । वीटकको माउ कम्पनी साराश मिडिया ल्याब्सका प्रमुख संचालक समेत रहेका दाहालले सुरु गरेको वीटक संचार मन्त्रालयमा सूचिकृत भएपछि सबैले चासो राखेका छन् ।

    वीटकको सुरुवात
    सिभिल इन्जिनियर दाहालले सात वर्ष सरकारी सेवामा काम गरेका थिए । तर, आफ्नै केही गर्ने हुटहुटी भएका दाहालले आफूलाई १० देखि ५ बजेको जागिरमा टिकाउन नसकेर सारांश मिडिया ल्याबको स्थापना गरेका हुन् । सुरुआतमा उनले विभिन्न पोर्टलमा आउने समाचारलाई एक ठाउँ सारांश एपमा पढ्न मिल्ने गरी तयार गरे । उक्त एपमा आफूले खोजेको विधाको खबरहरू एकै ठाउँमा पढ्न पाइन्छ । एपकै शिलशिलामा क्षितिजलाई भिडिओ सेयरिङ एप बनाउनुपर्छ भन्ने लागेको सुनाए । जहाँ उनले भिडियो हेर्ने सुविधासँगै ‘मार्केटप्लेस’ पनि उपलब्ध गराउने तयारीमा काम सुरू गरेको बताए ।

    ‘हामी कहाँ भिडिओ सेयरिङ एप लोकप्रिय छ तर हाम्रो छैन । त्यसकारण मैले आफ्नै केही बनाउ भन्ने लागेर वीटकको सुरुआत गरेको हुँ । यहाँ हामीले आफैँ भिडिओ राखेर सामान बेच्ने सुविधा पनि दिदैछौँ’, उनले भने । उनले वीटक केही महिनामा वृहत रुपमा सार्वजनिक गर्ने सोच बनाएका थिए । त्यहि अनुरुप काम गरिरहेका थिए । तर, नेपालमा सूचिकृत भएको पाँच सामाजिक सञ्जालमा वीटकको नाम देखिएसँगै यसप्रति चासो बढेको उनको भनाइ छ ।

    ‘हामीले लञ्च गर्ने तयारी स्वरूप केही योजना बनाएका थियौँ । तर, सूचिकृत पाँचमा हामी परेसँगै हामीले जे सार्वजनिक गरेका छौँ, त्यसलाई नै प्रभावकारी बनाउन लागिरहेका छौँ । हाम्रो एप प्लेस्टोर र एप्पलस्टोरबाट डाउनलोड गर्न सकिन्छ । हामी फिचर्स थपिरहेका छौँ, किनकि अप्रत्यासित रुपमा हामी मार्केटमा आइसकेका छौँ’, उनले भने ।

    विसं २०८१ असार ७ गते देखि भिडिओ सेयरिङ एप बनाउने तयारी सुरु गरेका उनको वीटकमा अमेरिका, भारतको कलकत्ता र नेपालमा गरेर २५ जनाले काम गरिरहेको सुनाए । भक्तपुरको पेप्सीकोलामा अफिस राखेर काम गरिरहेको उनले बताए । ‘हामी न्युजमा आइसकेपछि लञ्च भइहाल्यौं त्यसैले हामीले फिचर्समा ध्यान दिइरहेका छौँ । हामीले वीटक लञ्च गरेसँगै विभिन्न् अफर ल्याएर काम गर्ने सोच बनाएका थियौँ । पछिल्लो समय प्राय देशले आफ्नै प्लेटफर्म बनाएर आफ्नो डाटा सुरक्षित गरिरहेको छ । प्रयोगकर्ता बढेसँगै हामी सेवासुविधा थप्दै जानेछौँ’, उनले भने ।

    नेपालभित्र हुने अनलाइन गतिविधिको निगरानी गर्नु र अनर्गल, सामाजिक सद्भाव खल्बल्याउने सामग्री नियन्त्रण गर्न अहिले सरकारले सामाजिक सञ्जाल तोकेको मापदण्डअनुसार दर्ता हुनुपर्ने, प्लेटफर्महरूले नेपालमा गुनासो सुनुवाइ अधिकारी तोक्नुपर्ने प्रावधान आफूहरुले पालना गरेर कानुनी वैधता प्राप्त गरेको उनले जानकारी दिए ।

    वीटकले आफ्नो प्रयोगकर्तालाई ‘मनिटाईजेशन’ सुविधा दिने, लालीगुराँस जस्ता फुल गिफ्ट गर्न मिल्ने सुविधा दिने लगायतका विविध योजनामा काम गरिरहेको र दसैँलगत्तै आफ्नो एक प्रयोगकर्तालाई मासिक ५० हजार पुरस्कार पनि प्रदान गर्ने उनले बताए । ‘नेपाली युवाको आइडियामा बनेको वीटकमा नेपाली जोडिनु हुन्छ भन्नेमा विश्वस्त छौँ । तर, हामी प्रयोगकर्तालाई सेवासुविधासँगै आकर्षक अफर पनि दिन्छौँ । हामीलाई नेपाली प्रयोगकर्ता चाहिएको छ, साथ पाएमा हामीले अन्य प्लेटफर्मको पनि निर्माण गर्नेछौँ’, उनले भने ।

    क्षितिजका अनुसार फेसबुक, एक्स जस्ता प्लेटफर्म तीन महिनामा तयार गर्न सकिन्छ । आफ्नो देशको डेटा आफैँ कहाँ सुरक्षित राख्ने भए आफू जस्ता युवालाई सरकारले सघाउनुपर्ने उनको भनाइ छ । वीटकले हिपहप समुदायलाई केन्द्रमा राखेर ‘क्रिएटर इकोनोमी’ निर्माण गर्ने लक्ष्य राखेको पनि सुनाए । यसअन्तर्गत प्रतिस्पर्धा, क्यास गिभअवे, डान्स च्यालेन्जलगायत अनलाइन र भौतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ । उपभोक्ताले वीटक एप डाउनलोड गरी लगइन गरेर आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए
    आरसीओडीको म्याद थप्ने तयारीमा सरकार, निर्माण अलपत्र पार्ने माथि कडा कारबाहीको संकेत

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.