काठमाडौँ । सुचना तथा संचार मन्त्रालयले बिहिबार जारी गरेको सुचना अनुरुप समाजिक संजालका केही प्लेटफर्महरु बन्द हुन थालेका छन् ।
मन्त्रालयले बिहिबार सुचीकरण हुन नआएका सबै सामाजीक संजालहरु दर्ता नहुने समयसम्मका लागि बन्द गर्ने निर्णय गरेको सुचना जारी गरेको थियो । उक्त सुचना जारी भएको भोलीपल्टसम्म(आज) सामाजिक संजाल एक्सले मात्रै अहिलेसम्म दर्ताका लागि कुरा गरेको सुचना तथा संचार प्रविधी मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले न्युज एक्सप्रेसलाई बताएका छन् । ‘अहिलेसम्म एक्स(ट्विटर) मात्रै मन्त्रालयको सम्पर्कमा आएको छ।’ प्रवक्ता गजेन्द्र कुमार ठाकुर भने ।
बाहिर त ८ वटा सामाजिक संजालले दर्ताका लागि अहिलेसम्म कुरा गरे भन्ने हल्ला फैलिएको छ नि भन्ने न्युज एक्सप्रेसको प्रश्नमा प्रवक्ता ठाकुरले भने ‘बाहिर हल्ला हामीलाई थाहा भएन । हिजो विज्ञप्ती जारी भएपछी अहिलेसम्म एक्सले मेल मार्फत मन्त्रालयसंग सम्पर्क गरेको छ भने हाम्रो पात्रो सम्पर्कमा आएको छ। अरु कसैले पनि मन्त्रालयसँग सम्पर्क गरेका छैनन्।’
नेपालमा बिहानदेखि कतिपय समाजिक संजालका प्रयोगकर्ताहरुको मोबाएल तथा फेसबुक चलेको छैन । तर यही कुरालाई तोडमोड गरेर फेसबुक लगायतका अरु ८ वटा सामाजिक संजालहरु दर्ताका लागि आईसके भने खबरहरु पनि सार्वजनिक भईरहेका छन्।