काठमाडौँ । विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ । युएसएआडी स्वच्छ हावा परियोजना सँगको सहकार्यमा मन्त्रालयले गेटमा कृत्रिम फोक्सो जडान गरेको हो । कृत्रिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरू बारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।
कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको र जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई देखाउने छ । उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइने मन्त्रालयले जनाएको छ ।