काठमाडौँ । सामाजिक सञ्जाल ट्विटरको लोगोमा फेरि निलो चरो देखिएको छ । गत सोमबार ट्विटरको लोगोमा चराको साटो एउटा कुकुर देखिएको थियो। आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन । ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गराउनु भएको थियो ।
मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी डोजक्वाइनको लोगोलाई ट्विटरमा राख्नु भएको थियो । शुक्रबार आज भने ट्विटरमा पुरानै लोगोमा रहेको निलो चरो देखिएको छ। यसबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन। ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राख्नु भएको छ । अरू प्रयोगकर्ताको नाम भएको ठाउँमा यस्तो चरो आउँदैन ।