आकांक्षा पोख्रेल, तनहुँ । बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनले यति खेर तनहुँ निक्कै चर्चा र चासोको बिषय बनिरहेको छ । विशेषगरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले,नेपालि काङ्ग्रेसबाट गोबिन्द भट्टराई र नेकपा एमालेबाट सर्बेन्द्र खनालको उम्मेदवारी निक्कै रोचक देखिएको छ भने चारैतिर घण्टीको चर्चा निक्कै माथि रहेको छ ।
नेपालि काङ्ग्रेसबाट निर्वाचित तनहुँ भानुनगर पालिका वडा नं १३ का वडा सदस्य चन्द्र बिबस गुरुङले मतदाताहरुलाई घण्टी घण्टी भन्दै नउफ्रन कडा चेतावनी दिनु भएको छ । उहाँले आफ्नै सामाजिक संजालबाट धम्कीपुर्ण शब्द प्रयोग गरेर जनतालाई तर्साउन खोजिरहेको जस्तो देखिन्छ ।उहाँ भन्नु हुन्छ, ” अहिले चुनावमा घन्टी घन्टी भनेर उफ्रेका छन भोलि दु:ख अपठ्यारो पर्दा चाहिने यहीँ जन्मेको नेता हो त्यसैले अहिले धेरै बुरु बुरु नहुनु पछिको बाटो पनि सोच्नु चाहिने हामी नै हो तिमी हरु लाई दु:ख पर्दा सिफारिस गर्नी नेता लाई हाम्ले हो
चेतान भया”
सामाजिक संजालमा आएको उहाँको प्रतिक्रिया हेरेर जनताले जनप्रतिनिधि जस्तो मान्छेले धम्कीपुर्ण शब्द लेखेको भन्दै आपत्ति जनाइरहेका छन ।