काठमाडाैं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गर्नु भएको छ । बिहीवार संसद बैठकमा बोल्दै उहाँले संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको आरोप लगाउनु भयो । कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उहाँको भनाइ थियो।
उहाँले भन्नु भयो, ‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने । यहाँ युवाहरू हरेक दिन बेरोजगारी बढेको बढेकै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक एक हिसाबकिताब आजसम्म भएका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयो पाँच वर्षमा ?’ उहाँले फेरी थप्नु भयो ‘यदि एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ । म आग्रह गर्न चाहन्छु प्रदेश एउटा पहिचानका लागि चाहिन्छ । एउटा देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्न चाहिन्छ । तर आज देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने । कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृति भयो । यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन,’