काठमाडौँ । प्रतिनिधिसभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन् । बिहीबार आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताउनु भएको हो । उहाँले विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुने गरेकाे बताउनु भएको छ ।
उहाँले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताउनु भयो । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उहाँले यो सबैको कारण बेथिति भएको बताउनु भयो ।
विदेशबाट ल्याइने शवमा पनि भ्रष्टाचार भएको सांसद ढकालको दावी
विदेशबाट ल्याइने शवमा पनि भ्रष्टाचार भएको सांसद ढकालको दावी

तपाईको प्रतिक्रिया