अप्सरा धमला, काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान २०७९ ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता भएको छ । दुर्गा प्रसाई नेतृत्वको महाअभियानले शुक्रबार अर्थात चैत २४ गते नेपाल बन्दको आह्वान गरेको थियो । पछिल्लो समय प्रसाई देशव्यापी रुपमा विभिन्न माग राखि आन्दोलन तथा संघर्सका कार्यक्रम गर्दे आउनु भएको छ ।
उहाले एक विज्ञप्ति जारी गर्दै हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै बन्द फिर्ता लिएको जानकारी गराउनु भएको छ । विज्ञप्तिमा भनिएको छ, “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको पूर्व घोषणा कार्यक्रमहरु अन्तर्गत यहि चैत २४ गते का दिन नेपाल बन्दको घोषणा गरेकोमा हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै नेपाल बन्द फिर्ता लिएको कुरा सबैमा जानकारी गराउन चाहान्छौँ ।”