काठमाडौँ । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल आउने निश्चित भएको छ। ‘पुष्पा द रूल’ को टिजर आज सार्वजनिक भएको हो । बुधबार सार्वजनिक गरिएको टिजरमा पुष्पा तिरूपति जेलबाट फरार भएको प्रसंगलाई समेटिएको छ । प्रहरी पुष्पाको खोजीमा छन् भने सहरमा नाराजुलुस भइरहेको देख्न सकिन्छ ।
सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहेको छ। अभिनेत्री रश्मिका मन्दनाको जन्मदिनको अवसर पार्दै फिल्मको टिजर बुधबार आज सार्वजनिक भएको हो । निर्माण टिमले रश्मिकाको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘पुष्पा द रूलको टिम हाम्री श्रीवल्ली अर्थात् रश्मिका मन्दनालाई जन्मदिनको शुभकामना दिन्छौं। तपाईं यसरी नै दर्शकको मन जितिरहनू ।’ अप्रिल ८ मा अल्लु अर्जुनको जन्मदिन पर्छ सोही अवसर पारेर फिल्मको दोस्रो टिजर सार्वजनिक हुने बताइएको छ। फिल्म ‘पुष्पाः द राइज’ १७ डिसेम्बर २०२२ मा प्रदर्शन भएको थियो । उक्त फिल्मले तारिफ बटुल्नुका साथै बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो।