काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना हुनु भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर शीतल निवास फर्किनु भएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो । पौडेल शुक्रबार पनि अस्पताल पुग्नु भएको थियो । शुक्रबार उहाँको अल्ट्रासाउन्ड, एक्सरे र रगत जाँच गरिएको थियो ।