काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र पासपोर्टको मुद्दा उचालेर आफूलाई विवादमा पार्न कोशिश भइरहेको गुनासो गर्नु भएको छ । बुधवार चितवनमा आयोजित कोणसभालाई सम्वोधन गर्दै लामिछानेले नागरिकता र पासपोर्टको मुद्दा लड्नु परे पनि जनजीवीकाको मुद्दा उठाउन नछाड्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘अहिले पनि हामीलाई शंका उपशंका गरिरहेका छन्, प्रश्न ३० वर्ष सत्तामा बस्नेलाई प्रश्न गर्ने कि ३० दिन सत्तामा बस्नेलाई ? पासपोर्टको मुद्दा आफ्नो ठाउँमा छ, लड्दै गरौंला । अरू मुद्दा चल्दै गर्छन् ।’ चितवन २ मा रास्वपाको माहोल पहिलाको जस्तो छैन भन्नेलाई उहाँले भन्नुभयो, ‘पहिला हावाहुरी थियो, अहिले सुनामी आउनेवाला छ ।’