लोकगायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । बुधबार पोखराबाट स्याङ्जाको वालिङ जाँदै गरेका शर्माको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार, शर्मा सवार ग १ च ४१७१ नम्बरको कार कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको हो ।
कारमा शर्मासहित पाँचजना सवार थिए । उनीहरूको अवस्था सामान्य छ ।