काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराउनु भएको थियो । त्यसपछि आजका लागि सुनुवाइ पेसी तोकिएको हो । सर्वोच्च अदालतले लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन।
लामिछाने विरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ। लामिछानेले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर नाबालिगमाथि पटक-पटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो।