तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गर्नु भएको छ ।उहाँको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना रहनु भएको छ ।
१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ । यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै हुनुहुन्छ ।