• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, फागुन १०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

  • १. रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

  • २. अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

  • ३. निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

  • ४. नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

  • ५. जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

  • ६. चीन सीमासम्म पिच सडक बनाउने सपना बोक्दै प्रचण्ड चुनाबमा

  • ७. काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

  • ८. ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

  • ९. कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

  • १०. सुनको मूल्य घट्यो,कारोबार कतिमा?

कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।

    Advertisement

    बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो ।

    बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष लक्ष्मी गिरी, जनजाति महासंघका अध्यक्ष विरेन्द्रकुमार तुम्वापोलगायतले घिसिङलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए ।

    नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन। म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन। म सरकारी कर्मचारी वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने,‘एउटा जिम्मेवार नगारिक भएको हिसावले तपाईहरुसँग हातमा हात मिलाउन, साथमा साथ मिलाउन र तपाईहरुको संकल्पलाई अभियानको रुपमा अगाडि बढाउन आएको हुँ ।’
    उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए । ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौं । यो अभियान अरु देशमा पनि पुग्नेछ,’ उनले भने, ‘तपाईहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढनेछ ।’

    घिसिङले आफ्नो अभियान बारे थप बताएनन्, तर हालै समाचार एजेन्सी, नेपाल न्युज बैंकसंग कुरा गर्दै उनले सबै जनताको मुहारलाई उज्यालो गराउनुपर्ने बताएका थिए।

    ‘मैले ३० वर्षसम्म जुन डेलिभरी दिएर एउटा ठाउँमा पुगें सोही क्रममा लोडसेङि अन्त्य मात्र होइन घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा ल्याउनेदेखि देशभर विद्युतीकरण गर्ने काम गरियो । त्यति मात्र नभएर भारतदेखि बंगलादेशसम्म विद्युत निर्यात भयो । अब उज्यालो नेपाल वा उज्यालो अभियान भनेको बत्तिको मात्रै उज्यालोले भएन,’उनले भने, ‘अँध्यारो हटाउनुपर्ने ठाउँ धेरै छन्, धेरै क्षेत्रमा अँध्याराहरु छन् । सबै क्षेत्रको अँध्यारोलाई उज्यालोमा कन्भर्ट गर्नुपर्यो ।’

    एक प्रश्नको जवाफमा घिसिङले हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्ने बताए । ‘हामीले जनतामा आत्मविश्वास जगाउन सकेनौं । त्यसकारण निरासा बढ्दो छ । यी सबै कुराहरुलाई सम्बोधन गर्न राम्रो मान्छेको लिडरसिप जरुरी छ । देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुन सक्छ । तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौं,’ उनले भने।
    घिसिङ बहराइनपछि युएइ, ओमान र कतारमा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भइरहेका छन्। अगष्ट महिनामा उनी अमेरिका र बेलायत जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

    पदावधि सकिन झन्डै चार महिना मात्रै बाँकी रहेका घिसिङलाई कार्य सम्पादनमा शून्य नम्बर दिंदै गत चैत्र महिनामा सरकारले बर्खास्त गरेपछि उनी सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च गएका थिए। सरकारको उक्त निर्णयको विभिन्न राजनीतिक दल तथा नागरिक समाजले विरोध गरेका थिए। उनले सुरु गरेको ‘उज्यालो अभियान’ लाई उनी छिट्टै राजनीतिमा सक्रिय हुने संकेतको रुपमा हेरिएको छ।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
    निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह
    नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने
    काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • २.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ३.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ४.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ५.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ६.
      चीन सीमासम्म पिच सडक बनाउने सपना बोक्दै प्रचण्ड चुनाबमा

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.