चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले यो उपचुनावमा चितवनमा रबि लामिछानेलाई सहयोग गर्ने हुनु भएको छ । विगतका निर्वाचनमा पार्टिको निर्देशन विपरीत चुनावमा भाग लिनु भएका चितवन काग्रेसका प्रभावशालि नेता तथा ईमान्दार छबि हुनु भएका व्यक्तित्व जगन्नाथ पौडेलले रबि लामिछानेलाई सहयोग गर्नु पर्ने विचार व्यक्त गर्नु भएको हो ।
भुईकटहर कंग्रेसका उपनामले समेत चर्चित व्यक्तित्व पौडेल पुराना दलबाट भन्दा नँया वैकल्पिक राजनितीक दलबाट देशले निकास पाउने सम्भावना रहेको बताउनु हुन्छ । तत्काल पार्टि प्रवेश गरिहाल्ने कुनै योजना नबनाउनु भएका पौडेलले यसपटकको उपनिर्वाचनमा रबिलामिछानेलाई हरेक तह र तप्काका व्यक्तिहरुले सघाउन अनुरोध समेत गर्नु भएको छ । यस संगै चितवन २ मा रबि लामिछानेको पल्ला भारि हुने लगभग निश्चित रहेको देखिन्छ ।