काठमाडौं । प्रतिनिधि सभाकी समानुपातिक सांसद मञ्जु शर्मा (अन्सारी)ले आज शपथ ग्रहण गर्नु भएको छ ।समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद बन्नु भएको हो । उहाँलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ ग्रहण गराउनु भएको छ ।
उहाँ सप्तरी निवासी हुनुहुन्छ । २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा अन्सारीको नाम थियो ।