• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, पुष ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ७. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ८. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

रास्वपा र कांग्रेसको ठेलठाल,खतिवडा र अर्यालबीच आरोप–प्रत्यारोप


  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
  • काठमाडौं। भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै विरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस सांसदबीच प्रतिनिधिसभा बैठकमा आरोप–प्रत्यारोप र चर्काचर्की भएको छ।

    Advertisement

    आइतबारको बैठकमा रास्वपा सांसद डीपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच भीषण खण्डन–मण्डन भएको हो। आइतबार संसद सुरु भएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अर्याललाई बोल्न समय दिएका थिए। सांसद अर्यालले यसअघिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले झूटो आरोप लगाएको भन्दै घोर आपत्ति जनाए। सुमिरे टुर्स एन्ड ट्राभल्स आफ्नो कम्पनी भएको भन्दै अर्यालले एकजना मान्छे भिजिट भिसामा बाहिर गएर नफर्किएको प्रमाण दिन चुनौती दिए।

    रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर विषय उठाएका थिए। उनले “सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो?” भन्दै प्रश्न उठाए। उनले भने— “विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा त्यहाँबाट लिएर संसदमा प्रतिनिधित्व गर्ने, सांसद किनेर पार्टीमा प्रवेश गर्ने र भिजिट भिसामा बदमासी गर्ने काम भएको छ।” यसबारे निष्पक्ष छानबिन भई कारबाहीको दायरामा आउनुपर्ने माग खतिवडाले राखे।

    खतिवडाले उक्त आरोप लगाएपछि आगो बनेका रास्वपाका डिपी अर्याल आज जवाफ दिँदै संसदमा गर्जिए। आइतबार खतिवडालाई जवाफ दिँदै अर्यालले “सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो” भनेर छाती पिटे। उनले आफू नेपालमै केही गरेर खाने मान्छे भएको, चोरेर खाने होइन भनेर प्रष्ट पारे। अर्यालले यसरी “चोरेर खाने मान्छे होइन” भन्नुको मतलब कांग्रेसलाई “चोर” भन्नु हो भन्ने अड्कल गर्न जो–कोहीले गर्न सक्थे ।

    यति मात्र हैन,अर्यालले आफ्नो कम्पनिबाट भिजिट भिसामा गएकाहरू नेपाल नफर्किएको कुनै उदाहरण नरहेको स्पष्टिकरण दिए। उनले सिधै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको विषय संसदमा ३२ दिनदेखि उठाइरहेको र सो विषयलाई विषयान्तरण गर्न अनावश्यक लाञ्छना लगाउने काम गरिएको आरोप लगाए। विषयान्तरण गराउने प्रयास अन्तर्गत निराधार आरोप लगाउने कार्य स्वीकार्य हुन नसक्ने भन्दै उनले चेतावनी पनि दिए।

    उनले भिजिट भिसा प्रकरणमा रास्वपाको आन्दोलन जारी रहने भन्दै चुनौती पनि दिए। यसको बचाउ गर्दै रामहरि खतिवडाले “चोरको खुट्टा काटा भने चोर तर्सियो” भन्दै रास्वपालाई आरोप लगाए । उनले आफूले कसैको नाम नतोकेको स्पष्ट पार्दै रास्वपा आगो हुनुपर्ने कारण नरहेको समेत उल्लेख गरे।

    अन्तत: के अर्यालले सुमिरे टुर एन्ड ट्राभल्समार्फत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ रकम लुट्दै आएका हुन्? साँच्चै कांग्रेस डराएर भिजिट भिसा प्रकरणलाई बिषयान्तर गर्न खोजेको हो? किन यसरी संसदमा कांग्रेस र रास्वपाबीच “तँ चोर – तँ चोर” को भाष्य सिर्जना भयो ?? यसरी आरोप–प्रत्यारोप,खण्डन–मण्डनका बीच रास्वपालाई अर्को चुनौती थपिएको छ ।

    आइतबार, असार १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
    भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
    ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो
    नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
    एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय
    नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

    भर्खरै

    • १.
      सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

    • २.
      भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

    • ३.
      ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

    • ४.
      नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

    • ५.
      एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय

    • ६.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • ७.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ८.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.