काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दाबी गर्नु भएको छ ।आज शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिने बताउनु भएको हो ।
उहाँले भन्नु भयो , ‘यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु,’। प्रधानमन्त्री भएको ३ महिनामा उहाँले आज सातौं पटक मन्त्रिपरषद विस्तार गर्नु भएको हो तर अझै मन्त्रिपरिषदलाई पूर्णता दिन भने सक्नु भएको छैन ।