काठमाडौं । भारतको इन्दौरमा राम नवमी मेलामा दुर्घट्ना भएको छ । उक्त क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुने ३५ जना पुगेका छन् । मन्दिरको इनार ढाकेको ढक्कन भत्किँदा मानिसहरु इनारमा खसेका थिए ।
बिहीबार भएको सो दुर्घटनामा परेकामध्ये आज शुक्रबार बिहानसम्ममा ३५ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अझै १ जना बेपत्ता रहेका छन् भने १८ जनाकोो जिवितै उद्धार गरिएको छ ।
यस घट्नालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गर्नु भएको छ साथै भारत सरकारले मृतकका आफन्तलाई २ लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा पनि गरेको छ ।

