• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

सिन्धुपाल्चोकमा सूर्यमान तामाङको संयोजकत्वमा कोदाको रक्सी संरक्षण समिति गठन


  •   शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
  • सिन्धुपाल्चोक । नेपाली कोदाको रक्सी संरक्षण तथा व्यवस्थापन समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पहिलोपटक जिल्ला स्तरीय भेला सम्पन्न गरेको छ। शनिबार आयोजित उक्त भेलाले परम्परागतरूपमा उत्पादन हुँदै आएको कोदोको रक्सीको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा ध्यान केन्द्रित गर्ने उद्देश्यले सो भेला आयोजना गरिएको थियो ।

    Advertisement

    भेलाले सूर्यमान तामाङको संयोजकत्वमा १३ सदस्यीय जिल्ला स्तरीय समिति गठन गरेको छ । समितिमा कृष्णमान तामाङ, कालुमान तामाङ, देनम तामाङ, दावा तामाङ, जेगु तामाङ, ज्ञानेन्द्रबहादुर श्रेष्ठ, राम गोपाल श्रेष्ठ, कान्छामान तामाङ, सोमबहादुर तामाङ र विशाल तामाङ सदस्यको रूपमा चयन भएका छन् ।

    कार्यक्रममा समितिको केन्द्रीय संयोजक छिरिङ ग्याल्बु लामा, केन्द्रीय सदस्य रामचन्द्र पोखरेल र विकास थामीको विशेष उपस्थिति रहेको थियो ।
    कार्यक्रममा बोल्दै संयोजक छिरिङ ग्याल्बु लामाले कोदोको रक्सीलाई नोक्सान नगर्न सरकारलाई आग्रह गर्दै यसबारे स्पष्ट नीति निर्माण आवश्यक रहेको बताए । “राज्यले तत्कालै नीति निर्माण गरी परम्परागत र वैज्ञानिक विधिबाट उत्पादन हुने कोदाको रक्सीलाई संरक्षण गर्नुपर्छ,” उनले भने । साथै, कोदोको रक्सीको गुणस्तर मापनका लागि वैज्ञानिक विधि अपनाइनुपर्ने, उत्पादन उद्योगहरूलाई व्यवस्थित गर्न मापदण्ड तय गर्नुपर्ने र निर्यात तथा बजार व्यवस्थापनको सुनिश्चितता गरिनुपर्नेमा उनले जोड दिए ।

    लामाले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा संकलन केन्द्र स्थापना गर्नुपर्ने र बाँझो जमिनलाई उपयोग गर्दै सहकारी, समूह वा व्यक्तिगत रूपमा कोदोको खेती विस्तार गर्नुपर्ने प्रस्ताव राखे । “नेपाल सरकारबाट कोदो खेतीलाई अनुदान दिइनुपर्छ, साथै कम्पनी तथा उद्योग स्थापनाका लागि सहुलियत ऋणको व्यवस्था मिलाइनुपर्छ,” उनले भने ।

    जडिबुटीबाट मर्चा उत्पादन गर्ने उद्योगहरूलाई पनि सहुलियत ऋणको व्यवस्था मिलाइनुपर्ने उनको भनाई रहेको छ । साथै, आगामी आर्थिक वर्षदेखि नै कोदोको रक्सीसम्बन्धी स्पष्ट कानुनी संरचना बनाई कार्यान्वयनमा ल्याइनुपर्नेमा वक्ताहरूको जोड रहयो ।

    परम्परागत तरिकाले कोदो र मर्चाबाट बनाइएको रक्सीको विक्रि वितरणमा रोक नलगाउन आग्रह गर्दै संयोजक लामाले अन्य अखाद्य बस्तु मिसावट गरिएको रक्सीको उत्पादन तथा बिक्री वितरणमा कडाइका साथ अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

    कार्यक्रममा सहभागी वक्ताहरूले कोदोको रक्सी केवल एक पेय पदार्थ नभई नेपालको ग्रामीण संस्कृति, परम्परा र आर्थिक क्रियाकलापको महत्वपूर्ण अंश रहेको बताए। उनीहरूले यसको संरक्षणलाई ग्रामीण समृद्धिको आधारको रूपमा समेत व्याख्या गरे ।

    भेलाको सफलतापूर्वक सम्पन्नतासँगै सहभागीहरूबीच कोदाको रक्सीको कानुनी मान्यता, गुणस्तर, व्यवसायिक विस्तार र सांस्कृतिक पहिचानलाई एकसाथ जोड्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ । कार्यक्रममा उपस्थित सहभागीहरूले भेलाको निरन्तरता आवश्यक रहेको र आगामी दिनमा राष्ट्रिय स्तरमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्नुपर्ने सल्लाह दिएका छन् ।

    अब नेपाली कोदाको रक्सी संरक्षण तथा व्यवस्थापन समितिले सबै जिल्लाहरु र पालिकास्तरिय सम्म भेलाहरु आयोजना गरि कोदाको रक्सीको कानुनी मान्यता, गुणस्तर, व्यवसायिक विस्तार र सांस्कृतिक पहिचानलाई ससक्त अगाडि बढाउने समितिले जनाएकको छ ।

    शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.