×
शनिबार, असार २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

१९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

माओवादीको पदाधिकारी बैठक बस्दै

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

  • ३. CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

  • ४. १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

  • ५. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ६. भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !

  • ७. रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

  • ८. कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

  • ९. उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

  • १०. एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

‘माइतीघरमा आन्दोलन गर्नेहरुका लागि खुलामञ्चमा शिविर बनाउन खोज्नु शंकास्पद’ मेयर बालेन


  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । उनले पीडितहरुको माग छिटोभन्दा छिटो मन्त्रिपरिषदबाट सम्बोधन गर्नुपर्ने पनि बताएका छन् ।तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएको उनले बताएका छन् । मिटर ब्याज पीडितहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै महानगरपालिकाको आलोचना भइरहेको बेला मेयर साहले सो धारणा सार्वजनिक गरेका हुन् ।
    मेयर साहले फेसबुकमा लेखेका छन्, ‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।’बर्दिवासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु खुलामञ्चभित्र प्रवेश गर्न खोज्दा काठमाडौं महानगरपालिकाका नगरप्रहरीहरुले रोकेका थिए । त्यसपछि उनीहरु खुला आकास मुनि सडकमै रात बिताएका थिए ।मेयर साहले मिटरब्याज पीडितहरुको आन्दोलन सडकमा बस्नका लागि नभई न्यायका लागि हो भन्दै मन्त्रिपरिषद्ले यथाशीघ्र उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् । पीडितहरुलाई केही घण्टामै न्यायको अनुभूति दिलाउनु पर्नेमा त्यसो नगरी सम्पूर्ण चासो र परिश्रम खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौं वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो,’ मेयर साहले भनेका छन्, ‘यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको र गाउँ-गाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको उनले बताएका छन् । यो अवस्थामा संघीय सरकारले अतिशीघ्र चासो दिनुपर्ने मेयर साहको भनाई छ ।‘यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषदले दिनुपर्ने हो । पीडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो,’ उनले भनेका छन् ।मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साहले भनेका छन्, ‘हामी अझै पनि भन्छौं, स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्छ । नभएर माथिल्लो सरकारमा आइपुगेपछि हदैसम्म शीघ्रता देखाएर समाधान हुनुपर्छ । रह्यो कुरा खुलामञ्चको, त्यो मञ्च आवाज बोल्न सबैका लागि सधैं खुला थियो, छ र रहनेछ ।’

    Advertisement

    काठमाडौं महानगरले मिटरब्याज पीडितहरुको सुरक्षित बसाइका लागि अन्यत्र विकल्प दिएको तर उनीहरुले नमानेको मेयर साहले बताएका छन् । खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाव दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उनीहरु बालुवाटारतिर लागेको उनको भनाइ छ ।

    मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !
    १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !
    रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन
    रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का
    माओवादीको पदाधिकारी बैठक बस्दै
    बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • ३.
      CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

    • ४.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ५.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ६.
      भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !

    भर्खरै

    • १.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • २.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • ३.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ४.
      रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

    • ५.
      रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

    • ६.
      माओवादीको पदाधिकारी बैठक बस्दै

    • ७.
      बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    • ८.
      गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.