• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस


  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । परिवारसहित अमेरिका लागेको ६ महिनामै कलाकार सिताराम कट्टेल धुर्मुस नेपाल फर्किएका छन् । छोरीको पहिलो चरणको शल्यक्रिया सकिएपश्चात् गौतमबुद्ध विमानस्थलको हिसाबकिताब सल्टाउने उद्देश्य बोकेर उनी स्वदेश फिरेका हुन् । गत मंसिरमा पत्नी कुञ्जना घिमिरे र छोरी सुविहानीसहित धुर्मुस अमेरिका प्रस्थान गरेका थिए । त्यहाँ पुगेलगत्तै उनले एक बकपत्रमार्फत् जटिल शारीरिक समस्याबाट ग्रसित छोरीको उपचारको सहजताका लागि अमेरिकाको ग्रीनकार्ड लिएर आएको सार्वजनिक गरे । अमेरिकाले ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ दिएकाले धुर्मुसकी छोरीको उपचार अमेरिकामा निशूल्क भइरहेको छ । मुख्य शल्यक्रिया गर्न भने बाँकी नै छ ।

    Advertisement

    आफ्नो पहलमा चितवनमा निर्माण थालिएको गौतम बुद्ध क्रिकेट रङ्गशालाको ठूलो ऋणभार धुर्मुसको काँधबाट उत्रिएको छैन । धुर्मुस–सुन्तली फाउन्डेसनले ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँ (पछिल्लोपटक पुल्चोक इञ्जि नियरिङ अध्ययन संस्थानले गरेको प्राविधिक मूल्याङ्कन अनुसार) बराबरको निर्माणाधीन भौतिक संरचना भरतपुर महानगरलाई हस्तान्तरण गरेको थियो । तर, सो रङ्गशाला निर्माणका क्रममा फाउन्डेसनले उधारोमा ओसारेको सामग्रीवाफतको १८ करोड ५३ लाख ४ सय २४ रुपैयाँ (भरतपुर महानगरको अडिट रिपोर्ट अनुसार) बक्यौता भने अझै भुक्तानी भएको छैन ।

    अमेरिका जानुअघि धुर्मुसले यो बक्यौता सल्टाउन लामो सङ्घर्ष गरेका थिए । करिब पाँचवर्ष उनले भरतपुर महानगरदेखि सिंहदरबारसम्म कैयौंपटक चक्कर लगाए । मन्त्रिपरिषदले उक्त बक्यौता सल्टाउनका लागि रकम निकासा गर्ने भनेर दुईपटक निर्णय गरे पनि कार्यान्वयन भएन । सरकारका विभिन्न निकायबाट आधा दर्जनपटक अनेक नामका छानबिन भए पनि कुनै आर्थिक अपचलन देखिएको छैन । अख्तियारदेखि सतर्कता केन्द्रसम्मले रङ्गशालाका लागि सङ्कलित रकम फाउन्डेसनले दुरुपयोग नगरेको भनेर क्लीन चिट दिइसकेका छन् । यद्यपि, सामाजिक सञ्जालमा भने धुर्मुसमाथि गाली र आक्षेपको वर्षा हुने गरेको छ ।

    गतवर्षको बजेटमा समेत गौतम बुद्ध रङ्गशालाको सिर्जित सम्पत्ती खरिदका लागि भनेर १५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । सोपश्चात् साउनमा १५ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट भरतपुर महानगरको खातामा पुग्यो । तर, महानगरले विभिन्न बहाना गरेर भुक्तानी दिन मानेन । यो रकम अझै पनि महानगरको खातामा नै छ । यदि असारसम्म भुक्तानी भएन भने रकम फ्रिज भएर अर्थमन्त्रालयमा नै फर्किन्छ । त्यही भएर ताकेताका लागि धुर्मुस फेरि एकपटक सरकारी निकायहरु धाउनुपर्ने भएको छ ।

    बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपश्चात् धुर्मुस आशावादी बनेका छन् । बालेन काठमाडौँको मेयर हुँदा नै उनलाई भेटेर धुर्मुसले रङ्गशालाको सारा कथाव्यथा सुनाएका थिए । अहिले उनी शक्तिशाली प्रधानमन्त्री बनेपछि आफ्नो समस्या हल हुने आशा धुर्मुसले लिएका छन् । बुझिएअनुसार पछिल्लोपटक रकम भुक्तानीका लागि केही सकारात्मक वातावरण बनेको छ । महानगर प्रमुख रेनु दाहालले राजीनामा दिएर सांसदमा चुनाव लड्न गएपछि अहिले चित्रसेन अधिकारी कार्यवाहक प्रमुख छन् । उनी पहिल्यैदेखि केन्द्रबाट आइसकेको रकम महानगरले रोकेर राख्नु हुँदैन भन्ने पक्षमा थिए ।

    हालै मात्र भरतपुर महानगरले फाउन्डेसनलाई रकम निकासा गर्ने सम्बन्धमा रायका लागि कानून मन्त्रालयमा पत्राचार गरेको थियो । मन्त्रालयले यसको जवाफ पठाइसकेको छ । स्रोतका अनुसार मन्त्रालयको पत्रमा ‘बजेट विनियोजन भएर गएको रकमको निकासा महानगर आफैले गर्नसक्ने र मन्त्रालयको राय नचाहिने’ जवाफ दिइएको स्रोतले बतायो । महानगरले भने अझै स्पष्टता खोजिरहेको बुझिएको छ । यो विषयलाई टुङ्गोमा पुर्‍याउन कानूनमन्त्री सोविता गौतमले विशेष अग्रसरता लिएकी छन् । केही दिनअघि उनले सप्लायर्सहरुलाई बोलाएर छलफलसमेत गरेकी थिइन् । लामो समयदेखि कचपल्टिएको विषयलाई छिट्टै टुङ्गाेमा पुर्‍याएर रङ्गशाला निर्माणलाई गति दिने पक्षमा उनी रहेको एक सप्लायर्सले बताए ।

    उनले भने, ‘असारभित्र हाम्रो बक्यौता भुक्तानी गर्ने विषयमा मन्त्रीज्यूसँग सकारात्मक कुराकानी भएको छ । यो विषयमा मन्त्रीज्यूले थप अध्ययन र परामर्श गर्दै हुनुहुन्छ ।’ सोविता चितवन ३ कि जनप्रतिनिधिसमेत हुन्, जहाँ गौतम बुद्ध रङ्गशालाको निर्माण कार्य भइरहेको छ । आफ्नो क्षेत्रमा एउटा गौरव गर्नलायक संरचना बनिरहेकाले पनि उनले यसमा गम्भीर सरोकार राखेकी छन् । कानून मन्त्रालयले थप स्पष्टतासहित पत्र पठाएमा १८ करोड ४३ लाखमध्ये १५ करोड रुपैयाँ आपूर्तिकर्ताहरुलाई दामासाहीले भुक्तानी गरिनेछ । आपूर्तिकर्ताहरु महानगर र सरकारलाई निर्णायक दवाव दिने मनस्थितिमा छन् ।

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !
    सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    कीर्तिपुरमा पार्किङ गरेर राखिएको कारमा अचानक आगलागी,भित्र भेटियो एक जना पुरुषको शव

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.