नेपालका ४.५ प्रतिशत जनसंख्या अझै शौचालयको पहुँच बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । खुला दिशामुक्त घोषणा भएको ४ वर्षपछि पनि सतप्रतिशत नेपालीको घरमा शौचालय बन्न नसकेको हो । २०७६ साल असोज १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई तामझामका साथ खुला दिशामुक्त देश घोषणा गरेका थिए । तर, २०७८ सालको जनगणनाअनुसार जम्मा ९५.५ प्रतिशत जनसंख्यामा शौचालय बनेको हो ।
जनगणनाअनुसार नेपालमा कूल ६६ लाख ६० हजार ८४१ वटा परिवार छन् । यसमध्ये ४.५ प्रतिशत परिवारमा अझै कुनै पनि प्रकारको शौचालय नबनेको हो । राष्ट्रिय तथ्यांक कार्यालयले आज जनगणनाको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
अझै ४.५ प्रतिशत नेपालीको घरमा छैन शौचालय
अझै ४.५ प्रतिशत नेपालीको घरमा छैन शौचालय

तपाईको प्रतिक्रिया