काठमाडौं। गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले छलफल जारी रहेको जानकारी गराए । ‘नियमित भेटघाटका लागि हो । प्रधानमन्त्रीसँग मन्त्रीहरु त नियमित भेट्न भइरहनुहुन्छ नि,’बजगाईंले बताएका छन्।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न दिएका छैनन् । बुधबार ११ बजेका लागि बोलाइएको संसद बैठक नियमित समयमा सुरु भएको छैन ।